3/4/2021

काठमाडौं, २० फागुन । नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणे र चिफ अफ डिफेन्स स्टाफ (सुरक्षा निकायका प्रमुख) विपिन रावतबीच शिष्टाचार भेटवार्ता गरेका छन् । यी दुईबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

3/4/2021

सर्लाही, २० फागुन । सर्लाहीमा एकैदिन सशस्त्र प्रहरीको दुईवटा बोर्डर आउट पोष्ट (बीओपी) थप भएको छ । विष्णु गाउँपालिका–१, बाराउद्योरण र सदरमुकाम मलङ्गवा नगरपालिका–९, टावर चौकमा बीओपी थप गरिएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गङ्गाराम श्रेष्ठले जानकारी दिए ।

3/4/2021

नेपालगञ्ज, २० फागुन । नेपाल खानेपानी संस्थानले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका ग्रामीण बस्तीसम्म खानेपानी पु¥याउने योजना अगाडि सारेको छ ।

3/4/2021

जनकपुरधाम, २० फागुन । प्रदेश २ सरकारले केही दिनअघि गठन गरेको दलित विकास समितिका पदाधिकारीलाई बुधबार नियुक्ति पत्र प्रदान गरिएको छ ।

3/4/2021

रौतहट, २० फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।

3/4/2021

जनकपुरधाम, २० फागुन । पूर्वराष्ट्रपति डा. रामवरण यादवले चुरे संरक्षण हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेक छन् । चुरे विनास भइरहेको अवस्थामा सरकारी स्तरबाट त्यसको संरक्षणमा ध्यान पुग्न नसकेको भन्दै उनले दुःख व्यक्त गरे ।

3/4/2021

जनकपुरधाम, २० फागुन । यातायात कार्यालय धनुषाबाट बुधबार १५ जना दलाल (बिचौलिया) लाई प्रहरीले पक्राउ गरेको छ ।

3/4/2021

काठमाडौं, २० फागुन । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको प्रचारप्रसार गर्नमा संघीय सरकारको उदासीनता रहेको आरोप लगाएका छन् ।

3/4/2021

काठमाडौं, २० फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले शिष्टाचार भेटवार्ता गरेका छन् ।

3/4/2021

काठमाडौं, २० फागुन । विद्युत् व्यापार सम्झौता भएका मुलुकले आफ्नो देशको कम्पनीमार्फत विद्युत् आयातनिर्यात गर्न पाउने गरी भारतले अन्तरदेशीय विद्युत् आयातनिर्यात कार्यविधि जारी गरेको छ ।

3/3/2021

काठमाडौं । नेपालको जनकपुर र भारतको अयोध्याबीच हवाई सेवा सञ्चालनको तयारी सुरु भएको छ ।

3/3/2021

काठमाडौं । ललितपुर र सिन्धुपाल्चोक जिल्लामा थप तीन वटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माणका लागि भारतले २४.६ करोड नेपाली रुपैयाँ सहयोग गरेको छ ।

3/3/2021

काठमाडौँ । बलिउड कलाकार सोनु सूदले दिल्लीमा उपचाररत एक जना नेपाली युवकलाई उपचारमा सघाउने भएका छन् । एंकिलोजिङ स्पोन्डिलाइटिस रोगबाट पीडित मधु पौडेल नाम गरेका एक नेपाली युवकको उपचारमा कलाकार सूदले सघाउने भएका हुन् ।

3/3/2021

काठमाडौं । स्वास्थ्य उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वदेश फर्किएका छन । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष समेत रहेका भट्टराई स्वास्थ्यमा समस्या देखिएपछि भारत गएका भट्टराई परीक्षणपश्चात नेपाल वायु सेवा निगमको विमानमार्फत मंगलवार स्वदेश फर्किएका हुन् ।

3/3/2021

सर्लाही । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपश्चात् प्रधानमन्त्री केपी शर्मा ओली संसद् भित्रैबाट देशलाई बन्धक बनाउने प्रयासमा लागेको आरोप लगाएका छन् ।

3/3/2021

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनाव सरकार बनाउन प्रस्ताव गरेका छन् ।

3/2/2021

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले निर्माण व्यवासायीसँग लिएको ८ लाख घुस सकडमा फालेर फरार भएका छन् । अख्यिारले उनको खोजी तीव्र पारेको छ ।

3/2/2021

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको आयोजनामा लवनीमा सञ्चालित ३ दिने निःशुल्क आँखा शिविरमा ९ सय ३३ ले आँखाको परीक्षण गराएका छन् । जसमध्ये २ सय जनालाई मोतिया विन्दुको समस्या भएकोले मोतिया विन्दुको अप्रेसनको लागि रेफर गरिएको छ ।

3/2/2021

सर्लाही । नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर शुसलिङ्गलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीमा चन्दा आतङ्क मच्चाएपछि प्रहरीले खोजी सूचीमा राखेका शुसलिङ्गलाई पक्राउ गरिएको हो ।

3/2/2021

दार्चुला । सीमा अपराध नियन्त्रणका लागि नेपाल–भारतका सुरक्षा अधिकारीबीच सहकार्य गर्ने सहमति भएको छ ।

3/2/2021

धनगढी । जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले नैतिकताका आधारमा राजीनामा नदिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत उनकै पार्टी नेकपासँग मात्रै रहेको बताएका छन् ।

3/1/2021

वीरगन्ज । पर्साका सांसद प्रदीप यादवले वीरगन्जमा ‘अल इण्डिया इन्टिच्युट अफ मेडिकल साइन्स’ (एआइएमएस) अस्पतालको शाखा स्थापना गर्न भारत सरकारसँग आग्रह गरेका छन् ।

3/1/2021

धनगढी । कैलालीको हसुलियामा सम्पन्न थरुहट थारुवान राष्ट्रिय सम्मेलनले विभिन्न १५ वटा कारणसहित विद्रोहको घोषणा गरेको छ ।

3/1/2021

बारा । बाराको कलैया उप–महानगरपालिकालाई फ्री वाईफाई जोन घोषणा गरिएको छ ।

2/28/2021

धनुषा, १६ फागुन । हंषपुर नगरपालिका–६ सोनिगामा चोकस्थित सडकमा ज.२ प ३४०७ नम्बरको गुडिरहेको मोटरसाइकलबाट लडेर शहिदनगर नगरपालिका–३ यदुकुवा बस्ने ३५ वर्षीया सुधा साहको आइतबार बिहान मृत्यु भएको छ ।

ट्रेन्डिङ