जनकपुरधाम, २६ फागुन । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले प्रमाणिकरणको लागि पठाइएका दुईवटा विधेयक फिर्ता पठाएका छन् । प्रदेश प्रमुख झाले स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक फिर्ता पठाएका हुन् ।
जनकपुरधाम, २६ फागुन । धनुषामा अश्लील तथा दोहोरो अर्थ दिने गीत बजाउनमा प्रतिबन्ध लगाइएको छ । धनुषाको कुनै पनि स्थानमा कुनै पनि बहानामा अर्केष्ट्रा, नाचहरु समेत गर्न नपाइने निर्णय गरिएको धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए ।
वीरगञ्ज, २६ फागुन । हुण्डी कारोबारको आरोपमा पर्सा प्रहरीले स्रोत नखुलेको पौने ८ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।
काठमाडौं, २६ फागुन । भारत सरकारको नेरु. ४ करोड ३३ लाख आर्थिक सहयोगमा गोरखा जिल्लाको शहीद लखन गाउँपालिका—६, घैरुङ्गमा निर्माण गरिएको श्री हिमालय माध्यमिक विद्यालयको नयाँ भवनको भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशल, जिल्ला समन्वय समिति, गोरखा, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय प्रतिनिधिहरुबाट संयुक्त रुपमा उद्घाटन भएको छ ।
काठमाडौं, २६ फागुन । भारत सरकारको नेरु.३.५ करोड आर्थिक सहयोगमा ललितपुरस्थित जिल्ला सहकारी संघ लिमिटेडका लागि निर्माण गरिएको नयाँ सहकारी प्रवद्र्घन केन्द्र भवनको काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्यसी खम्पाले उद्घाटन गरेका छन् ।
काठमाडौं, २६ फागुन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुको मागप्रति सरकार सकारात्मक भएर मात्रै नहुने बताउँदै पूरा गरेर देखाउनुपर्ने बताएका छन् ।
काठमाडौं, २६ फागुन । सत्तारुढ नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले जनता समाजवादी पार्टी नेपालको मागप्रति सरकार सकारात्मक र गम्भीर रहेको बताएका छन् ।
काठमाडौं, २६ फागुन । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य लक्ष्मण लाल कर्णले नेकपा एमालेसँगको वार्तामा आफूहरुले सत्ता सहकार्यबारे कुनै चर्चा पनि नगरेको दाबी गरेका छन् ।
मोरङ, २६ फागुन । ल्यापटप चोरी गरेको अभियोगमा विराटनगर महानगरपालिका–४ खार्जी बस्ने २३ वर्षीय अमिस जंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके, २६ फागुन । नेपालगंज उपमहानगरपालिका–१ बिशालनगर चोक नजिकबाट एकनाले कटुवा पेस्तोल सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी नेपालले नेकपा एमालेसँग सत्ता साझेदारीका लागि वार्ता टोली गठन गरेको छ ।
काठमाडौं, २५ फागुन । विवेकशील साझा पार्टीले संघीय संसद बाहिरका पार्टीहरूसँग सहकार्यको पहल थालेको छ ।
वीरगञ्ज, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भरतपुर कारागारमा राजनैतिक बन्दी जीवन बिताइरहेका आफ्ना दाजुलाई भेट गरेका छन् । उनले कारागार कार्यालय चितवनमा रहेका दाजु ६० वर्षीय चन्द्रबहादुर चन्द वीरजंगलाई भेट गरेका हुन् ।
वीरगञ्ज, २५ फागुन । पर्सा जिल्लामा करिब रु ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको अन्तिम चरणमा छ ।
काठमाडौं, २५ फागुन । ललितपुरमा रहेको कुमारी छेँ र कुमारी घर पुनर्निर्माण हुने भएको छ । २०७२ सालको भुकम्पले क्षतिग्रस्त रहेको ललितपुरस्थित कुमारी छेँ र कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निर्माण हुने भएको हो ।
जनकपुरधाम, २५ फागुन । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्लोथ बैंक नेपालले महिला पत्रकार, समाजसेवी, अधिकारकर्मी तथा नेतृहरुलाई सम्मान गरेको छ ।
काठमाडौं । केही सातादेखि झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले दार्जिलिङ भ्रमण गरेका छन् ।
कपिलवस्तु, २४ फागुन । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल महिला संघ कपिलवस्तुले तौलिहवामा अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ ।
सर्लाही, २४ फागुन । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले सर्लाहीको रानिगन्जमा सोमवार मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका चालकको उद्धार गरेका छन् ।
विराटनगर, २४ फागुन । १११औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना महिला कर्मचारीलाई सम्मान गरेको छ ।
काठमाडौं, २४ फागुन । सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडले फागुन २२ गतेबाट आफ्ना ग्राहकहरूको सेवामा थप विस्तार गर्ने उद्देश्यले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–४ को देवरवानामा शाखारहित बैङ्किङ सेवा सुरु गरेको छ ।
जलेश्वर, २४ फागुन । सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् ।
राजविराज, २४ फागुन । सप्तरीको राजविराजबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । हातहतियार खरखजाना मुद्दामा ११ महिना कारागारमा थुनामा रहेका सप्तरीको बिष्णुपुर गाउँपालिका–७ का २० वर्षीय महेशकुमार शर्मासहित दुई युवक पक्राउ परेको एसपी राजेन्द्रप्रसाद धमलाले बताए ।
बर्दिबास, २४ फागुन । महोत्तरीका महिला तथा बालिकाहरुले भ्रष्टाचारीलाई फाँसी दिन सरकारसँग माग गर्दै सडकमा प्रदर्शन गरेका छन् ।