रौतहट, ४ चैत । नेपाली कांग्रेस (वी पी) को चैत्र २ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्दै सकिएको छ ।
काठमाडौं, ३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठकमा राजनीतिक दलहरुबीच आपसी संवाद, सहकार्य र एकताका लागि जोड दिइएको छ ।
वीरगञ्ज, ३ चैत । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्सा राष्ट्रिय निकुञ्जभित्र साइकल यात्रा गरिएको छ । ‘स्वच्छ देश, स्वस्थ मधेस’ भन्ने नाराका साथ प्रदेश सरकार, नेपाली सेना, पर्सा राष्ट्रिय निकुञ्ज लगायत सरोकारवाला निकायले बिहीबार साइकल यात्राको आयोजना गरेका हुन् ।
पर्सा, ३ चैत । गर्मी बढेसँगै वीरगञ्जमा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ। जाडो र गर्मी सिजन सुरु हुने समयमा लामखेट्टेको प्रकोप बढ्ने भए पनि वीरगञ्ज महानगरले समयमा नै नालामा औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो ।
जलेश्वर, २ चैत । जलेश्वरमा आउन लागेको मिथिला परीक्रमाको व्यवस्था सम्बन्धमा सोमबार छलफल गरिएको छ । छलफल कार्यक्रममा जलेश्वर नगरपालिकी उपप्रमुख चुनचुन देवी, वडाअध्यक्ष रविन्द्र कुमार साहसहित विभिन्न कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी एवं संचारकर्मी को समेत उपस्थिती रह्यो । उनीहरुले गोदामघरको समेत निरीक्षण गरेका छन् ।
काठमाडौं, २ फागुन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या ५ हजार ३ सय ९३ रहेका छन् ।
काठमाडौं, २ चैत । काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) हुने भएको छ ।
लहान, २ चैत । विगत एक महिनाको अवधिमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गोल बजारले ट्राफिक नियम उल्लङ्घन गर्ने ८५० भन्दा बढी सवारी साधनलाई कारवाही गरेको छ ।
राजविराज, २ चैत । बालबालिकाको क्षमता विकास र अभिवृद्धिका लागि सप्तरीको राजविराजमा हुन लागेको पहिलो लिटिल आइकनको शनिबार अडिशन भएको छ ।
राजविराज, २ चैत । राजविराजमा शनिबारदेखि सुरु भएको राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरी र बर्दिया जिल्लाले ४÷४ स्वर्ण पदक प्राप्त गरेको छ ।
कैलाली, १ चैत । सरकारले भारतसँग सीमा जोडिएका सिमानाका खुला गर्ने निर्णय गरे पनि कैलालीको सत्ती भन्सार नाका अझै आवतजावतका लागि खुला भएको छैन ।
काठमाडौं, १ चैत । भारत सरकारको सहयोगमा सर्लाहीमा कल्भर्ट र ढल निकास निर्माण गरिएको छ । सर्लाहीको मलंगवा नगरपालिकाको वडा न ३ र ४ मा कल्भर्ट र ढल निकास निर्माण गरिएको हो ।
कैलाली, १ चैत । जिल्लाको भजनी नगरपालिका ३ करेसावारीबाट एपीएफ टोलीले २० वटा स्पास्प्राट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।
रुपन्देही, १ चैत । रुपन्देही जिल्लाको मर्चवारी गाँउपालिका ७ कंचनपुरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले एउटा कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।
जनकपुरधाम, १ चैत । रहस्यमय तरिकाले बेपता भएका झा दम्पतीको अवस्था सार्वजनिक गर्नुपर्ने माग गर्दै जनकपुरधाममा प्रर्दशन गरिएको छ ।
जनकपुरधाम, १ चैत । मिथिला मध्यमा परिक्रमालाई मध्यनजर गर्दै धनुषाको विभिन्न स्थानमा मदिरा तथा माछा, मासु विक्री वितरणलाई निषेध गरिएको छ।
जनकपुरधाम, १ चैत । प्रदेश २ मा कोरोनाविरुद्धको खोपको दोस्रो चरणमा डेढ लाखभन्दा बढी वृद्धवृद्धाले खोप लगाएका छन् ।
वीरगन्ज, १ चैत । वीरगन्जका उद्योगीहरुले निर्माणाधीन ६ लेनको व्यापारिक मार्गको नालामा उद्योगको पानी बग्न नदिने उर्दीका कारण अर्बौको औद्योगिक लगानी जोखिममा परेको गुनासो गरेका छन् ।
काठमाडौं, १ चैत । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले तराई–मधेश द्रुतमार्ग फास्टट्रयाक अन्तर्गत फेज टु अर्थात् दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अध्ययन गर्ने भएको छ ।
काठमाडौं, १ चैत । सिरहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहले प्रेसरकुकर बम विस्फोट गराएको छ ।
जनकपुरधाम, १ चैत । शनिबारदेखि विधिवत् रुपले मिथिला मध्यमिकी परिक्रमा शुरु भएको छ । शनिबारबाट सुरु भएको मिथिला माध्यमिकी परिक्रमाको टोली पहिलो दिन जनकपुरधामको हनुमानगढीमा विश्राम गरेका छन् ।
जनकपुरधाम, १ चैत । नेशनल इन्जिनियर्स एसोशिएसन नेपालले इन्जिनियरहरुको हक हितका लागि ०७८ बैशाख २४ गते हुन गइरहेको निर्वाचनमा सबै एकजुट भई युवा र सक्रिय नेतृत्वलाई ल्याउनका लागिका इन्जिनियरहरुको बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ ।