जनकपुरधाम, ९ फागुन । प्रदेश नं. २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश अहिराजले पदभार ग्रहण गरेका छन् । आजै काठमाडौं जनकपुरधाम आइपुगेका प्रदेश प्रमुख डा.झाले पदभार ग्रहण गर्दै आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् ।
काठमाडौं, ९ फागुन । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ ।
वीरगन्ज, ९ फागुन । वीरगन्जमा मधेश आन्दोलनका शहीदहरुको शालिकको शनिबार अनावरण गरिएको छ । घण्टाघर चोक स्थित प्रहरी चौकीको छेउको खाली जग्गामा नवनिर्मित सहिद स्मारक परिसरमा निर्माण गरिएका मधेश आन्दोलनका ७ जना शहीदका शालिकको शनिबार अनावरण गरिएको हो ।
जनकपुरधाम, ९ फागुन । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति संस्थाले संविधान मर्मको रक्षा गर्ने ठाउँमा असंवैधानिक ढंगले संसद विघटनको प्रस्तावलाई वैधानिकता दिएर राष्ट्रपति संस्थाको गरिमालाई धुमिल बनाएको आरोप लगाएका छन् ।
वीरगञ्ज, ९ फागुन । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीए संकायमा अध्ययनरत विद्यार्थीले प्रदर्शन गरेका छन् । एक वर्षभित्र भवन निर्माण गर्ने भनेर क्याम्पस प्रशासनले आश्वासन दिएकोमा २ वर्ष बितिसक्दा समेत भवन नबनाएको भन्दै विद्यार्थीले विरोध जनाएका हुन् ।
रौतहट, ९ फागुन । संसद् विघटनपछि सर्वोच्च अदालतले गर्ने जुनसुकै निर्णय आफ्नो पार्टी कांग्रेसले मान्ने उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले बताएका छन् ।
जनकपुरधाम, ९ फागुन । प्रदेश नं. २ का नवनियुक्त प्रदेश प्रमुख डा.अहिराज जनकपुरधाम आइपुगेका छन् । जनकपुर एयरपोर्टमा ओर्लिने बित्तिकै उनले अब सिधा एक्सन हुने बताएका छन् ।
बारा, ९ फागुन । बारा जिल्लाको सिमरामा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाल ६ लाख घुससहित अख्तियारको नियन्त्रणमा परेका छन् ।
वीरगञ्ज, ७ फागुन । वीरगञ्ज–रक्सौल नाका खोल्न माग गर्दै नेपाली कांग्रेस पर्साले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।
जनकपुरधाम, ७ फागुन । प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले वर्तमान संविधानमा रहेका केही त्रुटिलाई सच्याएर सबै नागरिकलाई समान अधिकारको प्रत्याभूति गराउनुपर्ने बताएका छन् ।
रौतहट, ७ फागुन । शहरी विकास मन्त्री प्रभु साहले जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुने बताएका छन् ।
सर्लाही, ७ फागुन । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाएर नागरिकलाई मार पार्ने काम गरिएको भन्दै नेपाली काँग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघले लालबन्दीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल शुक्रबारदेखि पूर्वी मधेशका विभिन्न जिल्लाको भ्रमणमा निस्केका छन् । पौडेलले पूर्वी मधेशका जिल्लाको भ्रमणका लागि पहिला विराटनगर गएका छन् ।
काठमाडौं, ७ फागुन । मधेश मामिलाका जानकारी तथा राजनीतिक विश्लेषक डा.राजेश अहिराज प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।
काठमाडौं, ६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले भारतको सेरम इन्सटिच्युट अफ इडियाबाट २० लाख डोज खोप खरिद गर्ने प्रक्रिया पूरा भएको बताएका छन् ।
काठमाडौं, ६ फागुन । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौँको ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव गरिएको छ । फागुन पहिलो साता महाधिवेशन गर्ने कार्यतालिका कार्यान्वयन नहुने भएपछि त्यसलाई परिमार्जन गर्दै काँग्रेसले भदौँ पहिलो साता महाधिवेशनको प्रस्ताव गरेको हो ।
पर्सा, ६ फागुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने बारा जिल्लाको चारवटा उद्योगमाथि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको छ ।
महोत्तरी, ६ फागुन । विगत सात महिनाको अवधिमा महोत्तरीमा ४१ वटा यौन हिंसाका घटना घटेका छन् ।
काठमाडौं, ६ फागुन । नेपालमा अध्ययन गर्ने भारतीय विद्यार्थीहरुको संख्या २७५० रहेको एक अध्ययनले देखाएको छ ।
काठमाडौं, ६ फागुन । नेपालका विभिन्न जेलमा ८८६ भारतीय नागरिक कैदी बन्दीको रुपमा रहेको एक तथ्यांकले देखाएको छ ।
पाँचथर, ६ फागुन । भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो ।
जनकपुरधाम, ६ फागुन । प्रदेश २ को सरकारले दलित विकास समितिका पदाधिकारीहरु नियुक्त गरेको छ ।
बारा, ५ फागुन । सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणमा पक्षपात गरेको भन्दै नेपाल पत्रकार महासंघ बारा शाखामा तालाबन्दी गरिएको छ ।
जनकपुरधाम, ५ फागुन । प्रदेश २ को सरकारको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन भएको छ । जनकपुरधामको प्रादेशिक अस्पताल प्राङ्गणभित्रै