2/12/2021

मोरङ, ३० माघ । विराटनगर महानगरपालिका–१५ हुलास मेटलस्थित सडकबाट करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

2/12/2021

काठमाडौं, ३० माघ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारसँग भेटघाट गरेका छन् ।

2/12/2021

काठमाडौं, ३० माघ । जनता समाजवादी पार्टीका नेता इस्लाम हवारी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

2/12/2021

सर्लाही, ३० माघ । सर्लाहीको पर्सा गाउँपालिकामा नालामा खसेर एक बालकको मृत्यु भएको छ ।

2/12/2021

सिरहा, ३० माघ । सिरहाको मिर्चैया नगरपालिका क्षेत्रका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस गरिएको छ ।

2/12/2021

काठमाडौं, ३० माघ । नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल शुक्रबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

2/11/2021

काठमाडौं, २९ माघ । तीनदिने भारत भ्रमण गरेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल बिहिबार स्वदेश फर्किएका छन् ।

2/11/2021

काठमाडौं, २९ माघ । सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बुढानीलकण्ठमा धर्मशालाको निर्माण तथा कुमारी छेँ र कुमारी निवासको संरक्षण र विकास हेतु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक तथा ठेकेदारहरुले तीनवटा ठेक्का सम्झौंतामा हस्ताक्षर गरेका छन् ।

2/11/2021

पर्सा, २९ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनमा तथाकथित मधेशवादी दलले प्रदेश २ मा कुनै सिट नजित्ने दावी गरेका छन्। प्रतिनिधि सभाका ४ सिटमध्ये मधेशवादी दलले चारै सिट जितेको पर्सामा उनले यस्तो बताएका हुन्।

2/11/2021

काठमाडौं, २९ माघ । नेपालतर्फको दुवै नाका पूर्ण रुपमा सञ्चालन गर्न चीन सकारात्मक रहेको छ । एक वर्षदेखि आंशिक रुपमा मात्रै सञ्चालन भइरहेको रसुवागढी र तातोपानी नाका सञ्चालनको लागि चीन सकारात्मक बनेको हो ।

2/11/2021

काठमाडौं, २९ माघ । नेपाल–भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका सम्बन्धमा नेपाल उद्योग परिसंघ र भारतीय दूतावासका प्रतिनिधिबीच छलफल भएको छ ।

2/11/2021

काठमाडौं, २९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान फागुन २ गतेदेखि गर्ने भएको छ ।

2/11/2021

रौतहट, २९ माघ । रौतहट प्रहरीले रौतहट सीमा क्षेत्रबाट स्रोत नखुलेको २१ लाख ९० हजार रुपैयाँ बरामद गरेको छ ।

2/11/2021

रौतहट, २९ माघ । आगामी बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय रौतहटले गतिविधिलाई तीव्रता दिएको छ ।

2/11/2021

सप्तरी, २९ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान उल्लंघन गरेको कसुरमा जेल हाल्नुपर्ने बताएका छन् ।

2/11/2021

जनकपुरधाम, २९ माघ । प्रदेश २ को सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ ।

2/10/2021

रुपन्देही, २८ माघ । बुटवल उपमहानगरपालिका–११ शान्ति चोकमा लु.३ त ४६१८ नम्बरको ट्याक्टरले लु.२४ प ६१६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

2/10/2021

कपिलवस्तु, २८ माघ । बिजयनगर गाउँपालिका–३ डगडईबाट नियन्त्रित लागूऔषध ७ सय ३० ट्याब्लेट ट्रामाडोल ट्रामाविन र ३ सय ४० ट्याब्लेट ट्रामाडोल ट्रामोल सहित दाङ घोराही उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय पूर्ण श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

2/10/2021

बाँके, २८ माघ । बाँके जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको अभियोगमा ६ जनालाई गत आइतबार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

2/10/2021

जनकपुरधाम, २८ माघ । प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरेका छन् ।

2/10/2021

जनकपुरधाम, २८ माघ । एसिड आक्रमणबाट पीडित जनकपुरधामकी आरती साहलाई प्रदेश सरकारले जागिर दिने भएको छ ।

2/10/2021

सप्तरी, २८ माघ । जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं २ मा बनेको दलित वस्तीका घर उद्घाटन गरिएको छ ।

2/10/2021

पर्सा, २८ माघ । भन्सार छली ल्याउँदै गरेको करिब ११ लाख ४८ हजार ९ सय २० रुपैयाँ बराबरको लत्ताकपडा, खाद्यान्न र हार्डवेयर लगायतका सामानहरु बरामद गरेको छ ।

2/10/2021

सुनसरी, २८ माघ । बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जर चोकस्थित सडकमा प्रदेश १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सोही नगरपालिका–४ पिडारी बस्ने ३९ वर्षीय महेन्द्र साहको मृत्यु भएको छ ।

2/10/2021

सिरहा, २८ माघ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कर्जन्हा नगरपालिका–११ बगाहा बस्ने ३७ वर्षीय गुनेश्वर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

ट्रेन्डिङ