2/17/2021

काठमाडौं, ५ फागुन । सरकारले भारतको सिरम ईन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले खोप खरिदका लागि स्वास्थ्य सेवा विभागलाई निर्देशन दिने निर्णय गरेको हो ।

2/17/2021

काठमाडौं, ५ फागुन । गत डेढ वर्षदेखि सीमा नाकामा देखिएको अवरोध हटाउन नेपालले पटक–पटक आग्रह गरे पनि चीनले कोभिड–१९ को महामारी नियन्त्रणमा नआएसम्म दुई पक्षीय व्यापार सहज नहुने जवाफ दिँदै आएको छ ।

2/17/2021

जनकपुरधाम, ५ फागुन । प्रदेश २ का सामाजिक विकास मन्त्री नबल किशोर साहले समाज शिक्षित र विकसित बनाउन शिक्षामा प्रदेशको विशेष ध्यान रहेको बताएका छन् ।

2/17/2021

सर्लाही, ५ फागुन । वडाध्यक्ष सनाखतमा बसिदिएपछि सर्लाहीको हरिवनमा आफन्तविहीन एक अशक्त व्यक्तिले नागरिकता पाएको छ । हरिवन नगरपालिका–५, घुर्कौलीका शक्ते बाइबालाई वडाध्यक्ष नागेन्द्रकुमार साह सनाखत बसेर ५६ वर्षको उमेरमा नागरिकता दिलाएको हो ।

2/17/2021

झापा, ५ फागुन । कोभिड–१९ को महामारी नियन्त्रणका लागि खोप लगाउन शुरु भइसक्यो । तर सरकारले भारतसँगका सीमा नाका खुला गरेको छैन । नाका बन्द हुँदा सीमा वरपरका ठूला बजार र होटेल व्यवसाय सङ्कटग्रस्त बनेका छन् ।

2/17/2021

रौतहट, ५ फागुन । रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले २५ लाख मूल्य बराबरको विददेशी घडीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

2/17/2021

काठमाडौं, ५ फागुन । प्रतिनिधिसभा विघटनको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले फागुन ९ गते देशका सम्पूर्ण पालिकाहरुमा विरोधसभा एवं जनप्रदर्शन गर्ने भएको छ ।

2/17/2021

जनकपुरधाम, ५ फागुन । धनुषा जिल्लाको जकनकनन्दनी गाउँपालिकामा एकै दिन मन्दिर र मदरसाको उद्घाटन भएको छ ।

2/16/2021

रौतहट, ४ फागुन । शहरी विकासमन्त्री प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिकाको वडा नम्बर ८ र ९ मा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् ।

2/16/2021

काठमाडौं, ४ फागुन । भारतका पूर्व विदेश सचिव श्याम शरणले नेपालसँग चीनले कम्युनिष्ट पार्टीको परिवारसँग जस्तो गरी व्यवहार गरेको बताएका छन् ।

2/16/2021

काठमाडौं, ४ फागुन । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा राम्रो मुनाफा आर्जन गर्न सकिने बताउँदै लगानी विस्तार गर्न भारतसँग आग्रह गरेका छन् ।

2/16/2021

काठमाडौं, ४ फागुन । मध्यदेशीय भाषा, संस्कृति र साहित्यको संरक्षण एवं संवद्र्धनका लागि मध्यदेशीय साहित्य संघ गठन भएको छ । उपेन्द्र झाको अध्यक्षतामा सात सदस्यीय संघीय तदर्थ समिति मध्यदेशीय साहित्य संघ गठन भएको हो ।

2/16/2021

सप्तरी, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई नै खतरामा पार्न खोजेको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् ।

2/16/2021

बारा, ४ फागुन । बारा सदरमुकाम कलैयाबाट करीब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ । यो सत्य हो ।

2/16/2021

बाँके, ४ फागुन । बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलास्थित सोमबार नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् ।

2/15/2021

भैरहवा, ३ फागुन । गत आर्थिक वर्षको ५३ करोड १५ लाख ८५ हजार ३ सय ३६ रुपैयाँको आय व्यय विवरण सार्वजनिक गदै रोहिणी गाउँपालिकाको ८ औं गाउँ सभा सोमबार सम्पन्न भएको छ ।

2/15/2021

जनकपुरधाम, ३ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न चुनौतिका बाबजुद पनि प्रदेश सरकार गठन भएको तीन वर्षमा प्रदेशवासीले अनुभूति गर्ने किसिमको काम गरेको दावी गरेका छन् ।

2/15/2021

काठमाडौं, ३ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर भारत भ्रमण सकेर स्वदेश फर्केका छन् । 

2/15/2021

काठमाडौं, ३ फागुन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले दुई करोड १६ लाख नागरिकका लागि खोप ल्याउन सरकारले तीव्र तयारी गरिरहेको बताएका छन् ।

2/15/2021

काठमाडौं, ३ फागुन । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी छिमेकी मुलुक नेपाल र श्रीलंकामा पनि पार्टी विस्तारको योजनामा रहेको त्यहीँका एक नेताले बताएका गरेका छन् ।

2/15/2021

जनकपुरधाम, ३ फागुन । प्रदेश २ सरकार गठन भएको ३ वर्ष पूरा भएको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले सरकारको उपलब्धि गनाएका छन् । मुख्यमन्त्री राउतसहित तीन जनाले आजकै दिन शपथ ग्रहण गरेका थिए ।

2/15/2021

सर्लाही, ३ फागुन । सर्लाहीको उत्तर–पश्चिम क्षेत्रमा सैयौं हेक्टरमा उत्पादन भएको आलुले उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् ।

2/15/2021

वीरगन्ज, ३ फागुन । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले राजनीतिक अस्थिरता नटुङिगए मुलुक संवैधानिक शून्यतामा पुग्ने खतरा रहेको बताएका छन् ।

2/15/2021

सर्लाही, ३ फागुन । नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै त्यसको विरुद्धमा कांग्रेसले प्रदर्शन जारी नै राख्ने बताएका छन् ।

2/15/2021

सर्लाही, ३ फागुन । विगत २० वर्षदेखि जनस्वास्थ्य पेशामा आबद्ध र १५ वर्षदेखि स्वयंसेवी भई सामाजिक सेवामा संलग्न राज कुमार महतो राजनीतिक सेवामा प्रवेश गरेका छन् ।

ट्रेन्डिङ