कपिलवस्तु, ३ फागुन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको तीनवर्षे उपलब्धि मुलुकमा हत्या, हिंसा, बलात्कार र संविधानमाथिको प्रतिगमन रहेको बताएका छन् ।
काठमाडौं, ३ फागुन । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग,नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने समय दिन इन्कार गरेपछि आइतबार बिहान हुलाक मार्फत उनको कार्यालयलाई ज्ञापन पत्र पठाएका छन् ।
जनकपुरधाम, २ फागुन । महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले जनकपुरधाममा महिला हस्तकला मेला तथा प्रदर्शनी सुरु भएको छ ।
कपिलवस्तु, २ फागुन । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिजयनगर गाउँपालिका–४ ईमलिखर्क बस्ने ३२ वर्षीय कर्ण बहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षीय नेताहरूले कञ्चनपुरको सीमावर्ती क्षेत्रमा यातायात सञ्चालनको माग गरेका छन् ।
काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न लागिएको बताएका छन् ।
जनकपुरधाम, २ फागुन । प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाकी श्रीमती काशीदेवीलाई नेपाली कांग्रेस तरुण विभाग प्रदेश २ द्वारा सम्मान गरिएको छ ।
सर्लाही, २ फागुन । सर्लाहीमा नागरिकता बनाउनेको संख्या बढेको छ । सरकारले राष्ट्रिय परिचय पत्र बनाउन विवरण संकलन सुरु गरेसँगै नागरिकता बनाउनेको भिड बढेको हो ।
नवलपरासी, २ फागुन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रको रक्षाका लागि एकीकृत आन्दोलका जरुरी रहेको बताएका छन् ।
जनकपुरधाम, २ फागुन । प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५–७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ ।
सिमरा, २ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष शेखर गोल्छाले सरकार र राजनीतिक दलहरुले निजी क्षेत्रलाई खलनायकको रुपमा हेर्ने गरेको गुनासो गरेका छन् ।
काठमाडौं, २ फागुन । जनकपुर साहित्य महोत्सव हुने भएको छ । मिथिला फाउन्डेसनले फागुन १९ देखि २४ सम्म महोत्सव गर्ने घोषणा गरेको छ ।
जनकपुरधाम, २ फागुन । स्थानीय हस्तकलाको राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने उदेश्यले जनकपुरधाममा महिला हस्तकला मेला तथा प्रदर्शनी हुने भएको छ ।
जनकपुरधाम, २ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जनताको जनादेश एवम् मतको अपमान गरेको बताएका छन् ।
जनकपुरधाम, २ फागुन । जनतालाई सरल, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश परिवहन ल्याएको छ ।
लहान, २ फागुन । मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ मा मिस्टर सिरहाको उपाधि चिराग शर्मा र मिस सिरहा उपाधि बन्जिता यादवले हात पारेका छन् ।
काठमाडौं, २ फागुन । मधेश जनविद्रोह २०६३ का युवा नेतृत्वकर्ता दीपक झाले मधेश आन्दोलनका मूल एजेन्डा र मिशलाई मधेशका डिलरहरुले तहस–नहस बनाइदिएको आरोप लगाएका छन् ।
काठमाडौं, २ फागुन । भगवान पशुपतिनाथको अपमान गरेको भन्दै विश्व हिन्दू परिषद् नेपालले नेकपा (प्रचण्ड–माधव नेपाल समूह) का नेताहरुको पुतला दहन गरेको छ ।
बाँके, १ फागुन । नशाजन्य पदार्थ खुवाई बेहोस बनाई पीडितको नगद ३ लाख २० हजार रुपैयाँ र २ तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा कोहलपुर नगरपालिका–२ बस्ने कालीकोट रास्कोट नगरपालिका–१ लहरेला घर भएका ३५ वर्षीय प्रकाश शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
बारा, १ फागुन । महागढीमाई नगरपालिका–१ बस्ने कान्तीदेवी कुशवाहाको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुटवल, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बुटवलमा एक विशेष समारोहबीच लुम्बिनी केबलकारको शिलान्यास गरेका छन् ।
रुपन्देही, १ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले जनमतको परीक्षण निर्वाचनको मत परिणाममार्फत गर्न प्रचण्ड— माधव समूहलगायतका राजनीतिक शक्तिहरुलाई आह्वान गरेका छन् ।
काठमाडौं, १ फागुन । डा.सीके राउतले स्वतन्त्र मधेशको एजेन्डा छोड्नु रहस्य कैलाश महतोले सार्वजनिक गरेका छन् । कैलाश महतो स्वतन्त्र मधेश गठबन्धनका सहसंयोजक थिए ।
कपिलवस्तु, ३० माघ । विजयनगर गाउँपालिका–६ जुटपानीस्थित सडकमा लु.२ त ५७१७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।