2/7/2021

जनकपुरधाम, २५ माघ । कोरोना भाइरस (कोभिड १९) का कारण थला परिसकेको प्रदेश २ को पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन पहल थालिएको छ । प्रदेशका होटेल व्यवसायी मिलेर आन्तरिक पर्यटन पुनरुत्थान समिति बनाउँदै पहल सुरु गरेको हो ।

2/7/2021

सर्लाही, २५ माघ । सर्लाहीको बलरा नगरपालिकास्थित बलरा बजार हुँदै गडहियासम्म जोड्ने कालोपत्रे सडक भारतीय महावाणिज्य दूतावासका दूतले उद्घाटन गरेका छन् ।

2/7/2021

काठमाडौं, २५ माघ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले भारतबाट कोरोनाविरुद्धको खोप खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

2/7/2021

बैतडी, २५ माघ । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गदै नाका सञ्चालनमा आएको जनाएको हो ।

2/7/2021

काठमाडौं, २५ माघ । चिनियाँहरूले नेपाललाई ३ लाख डोज खोप अनुदान दिन उदार प्रस्ताव गरेको खबरहरू बाहिरिएको छ । झट्ट हेर्दा यो प्रस्ताव चीनकै वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी नेपाल्मा फैलिनबाट रोक्नका लागि सहयोग गर्नका लागि आएको जस्तो देखिन्छ।

2/7/2021

रौतहट, २५ माघ । संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी नेपाल रौतहटले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ ।

2/7/2021

काठमाडौं, २५ माघ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहाइका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्न जाँदा आफूलाई सरकारमा आएर गठबन्धन बनाउन लालच दिएको बताएका छन् ।

2/7/2021

जनकपुरधाम, २५ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुक प्रतिगमनतर्फ धकेलिनुमा मधेसी जनता पनि दोषी भएको टिप्पणी गरेका छन् ।

2/7/2021

कैलाली, २५ माघ । गोदावरी नगरपालिका–९ बल्मीस्थित सडकमा से.७ प ५३८४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

2/7/2021

मोरङ, २५ माघ । प्रहरी कर्मचारीलाई कुटपिट गरेको अभियोगमा को.१४ प ७६३ नम्बरका मोटरसाइकल चालक जहदा गाउँपालिका–७ तारेगाना बस्ने २१ वर्षीय बब्लु साहलाई प्रहरीले पक्राउ गरेको छ ।

2/7/2021

बारा, २५ माघ । फेटा गाउँपालिका–५ जोतपुरबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

2/7/2021

काठमाडौं, २५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवि पत्रकाहरुलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् ।

2/7/2021

कपिलवस्तु, २४ माघ । वर्तमान सरकारले प्रतिनिधिसभा विघटनविरुद्ध कपिलवस्तुका नेपाली कांग्रेसका शुभेच्छुक संघ संगठनहरूले विरोध प्रदर्शन गरेका छन् ।

2/7/2021

रौतहट, २४ माघ । आफ्नै छोरा २० वर्षीय सुरेन राई र छिमेकी ३९ वर्षीय राज कुमार राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

2/7/2021

महोत्तरी, २४ माघ । जलेश्वर नगरपालिका–१ स्थित सडकबाट ५ सय दरका २७ थान गरी जम्मा १३ हजार ५ सय नक्कली नेपाली नोट सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

2/7/2021

वीरगन्ज, २४ माघ । पर्सा जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

2/7/2021

काठमाडौं, २४ माघ । तराई–मधेशमा बढ्दो जाडोका कारण आवासविहिन रहेका दलित भित्रका मुसहर समुदायका एकल महिला तथा वृद्धवृद्धाहरु कपकपाउँदै घुर र परालकै ओछियानमा अति नै कष्टपूर्ण जिवन बिताउँदै बेसहारा बनेका थिए ।

2/5/2021

राजविराज, २३ माघ । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपा सप्तरीले प्रधानमन्त्री केपी ओलीको पुतला दहन गरेको छ ।

2/5/2021

जनकपुरधाम, २३ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दलितमाथिको विभेद अन्त्य नभएसम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताएका छन् ।

2/5/2021

संखुवासभा, २३ माघ । जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली सुरुदेखि नै वर्तमान संविधानको विरोधी भएको आरोप लगाएका छन् ।

2/5/2021

काठमाडौं, २३ माघ । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले केपी ओली बुद्धको उत्तराधिकारी र मधेशीको नेता भएको दावी गरेका छन् ।

2/5/2021

बारा, २३ माघ । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बाराको कलैया सदरमुकाम जोड्ने दुधौरा नदीमा शुक्रवार पुलको शिलान्यास गरेका छन् ।

2/5/2021

झापा, २३ माघ । मेचीनगर नगरपालिका–६ बसपार्कमा को.१ ख ६१६३ नम्बरको बसबाट लडेर सोही बसका सहचालकको मृत्यु भएको छ ।

2/5/2021

नवलपरासी(पूर्व), २३ माघ । बिनयी त्रिबेणी गाउँपालिका–१ दुम्किबास बजारबाट नियन्त्रित लागूऔषध १ सय ४८ एम्पुल फेनारगन, १ सय ४९ एम्पुल डाईजेपाम र १ सय ५९ एम्पुल नुर्फिन सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

2/5/2021

सिरहा, २३ माघ । आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।

ट्रेन्डिङ