2/5/2021

काठमाडौं, २३ माघ । भारतको विदेश मन्त्रालयले नेपालमा ६ लाख भारतीय नागरिक रहेको जनाएको छ । भारतीय विदेश मन्त्रालयले त्यहाँको माथिल्लो सभा राज्य सभामा पेस गरेको विवरणमा सो तथ्यांक उल्लेख छ ।

2/5/2021

काठमाडौं, २३ माघ । भारत सरकारको अनुदानमा ६ वटा विद्यालयको पुनर्निर्माण हुने भएको छ ।

2/5/2021

नेपालगञ्ज, २३ माघ । बाँके र बर्दिया जिल्लाको पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि गरिदै आएको ‘टुर दि ठाकुरद्वारा’ शुरु भएको छ ।

2/4/2021

सर्लाही, २२ माघ । नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य एवम् सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको दुर्घटनामा मृत्यु भएको छ ।

2/4/2021

नवलपरासी, २२ माघ । उखुको भुक्तानी समयमा नपाउने समस्याका कारण नवलपरासीका किसानहरुले उखु खेती छाड्दै गएका छन् ।

2/4/2021

चितवन, २२ माघ । जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको बलबाट प्रतिनिधिसभा पुनःस्थापना हुन सक्ने बताएका छन् ।

2/4/2021

जनकपुरधाम, २२ माघ । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा धनुषाबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीदेखि सर्वसाधारणको मोटरसाइकल चोरी गर्ने गिरोहका ५ जना पक्राउ परेका हुन् ।

2/4/2021

सर्लाही, २२ माघ । सर्लाहीको चक्रघट्टा गाउँपालिकाको निर्माणाधीन भवन महिनौँदेखि अलपत्र परेको छ ।

2/4/2021

काठमाडौं, २२ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटघाट भएको छ ।

2/4/2021

जलेश्वर, २२ माघ । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखन्डको परिकौली चोकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको सालिक चोरी भएको छ ।

2/4/2021

जनकपुरधाम, २२ माघ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आम हड्ताल गर्ने क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

2/4/2021

विराटनगर, २२ माघ । प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल अराजक बनेको छ । उक्त समूहले विराटनगरमा चियानास्ता पसलमा काम गरिरहेका आमा र छोरीमाथि उम्लिइरहेको तातो तेल खन्याइ दिएको छ ।

2/3/2021

जनकपुरधाम, २१ माघ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै समाप्त पार्ने गरि भएको संवैधानिक कु विरुद्ध लोकतान्त्रिक शक्तिहरुलाई एक जुट हुनुको विकल्प नरहेको बताएका छन् ।

2/3/2021

विराटनगर, २१ माघ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रतिनिधिसभाको पुनःस्थापना स्थायी समाधान नभएको बताएका छन् ।

2/3/2021

रुपन्देही, २१ माघ । मायादेवी गाउँपालिका–४ झुलनिपुलस्थित हुलाकी सडकमा लु.२ ख २७०२ नम्बरको टिपर र लु.३९ प ५३१४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

2/3/2021

मोरङ, २१ माघ । विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रतिबन्धित ५ सय दरका २ सय ८ थान गरी जम्मा १ लाख ४ हजार भारतीय रुपैयाँ सहित झापा दमक नगरपालिका–९ पाडाँजुगी बस्ने ३१ वर्षीय अजय बलकोटिलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

2/3/2021

बाँके, २१ माघ । नेपालगंज उपमहानगरपालिका–१८ घर भई राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सुचक पदमा कार्यरत २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न ७ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

2/3/2021

काठमाडौं, २१ माघ । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले मुस्लिम समुदायको हकहित र अधिकारको निम्ति सामूहिक रूपले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

2/3/2021

वीरगञ्ज, २१ माघ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल ल्याएकोे छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ ।

2/3/2021

धनगढी, २१ माघ । कैलालीको कैलारी गाउँपालिका–७ लट्ठाघाट र टीकापुर नगरपालिका–७ कालाकुण्डामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।

2/3/2021

काठमाडौं, २१ माघ । जनता समाजवादी पार्टी, नेपालका नेता राजकिशोर यादवले नेकपाको आन्तरिक कलहले गर्दा देश अहिले विषम परिस्थितिबाट गुज्रिएको टिप्पणी गरेका छन् ।

2/3/2021

भद्रपुर, २१ माघ । जसपा का वरिष्ठ नेता राजेन्द्र महतोले प्रतिनिधिसभा पुनर्स्थापना र मध्यावधि निर्वाचन मुलुकका लागि स्थायी समाधान नभएको बताएका छन् ।

2/3/2021

धनुषा, २१ माघ । मिथिला नगरपालिका–६ बसिपुलस्थित सडकमा बा.१३ च ८०३८ नम्बरको स्कारपियो गाडीले ज.६ प २८३३ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

2/3/2021

काठमाडौं, २१ माघ । जनता समाजवादी पार्टी नेपालका नेता डा.शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

2/2/2021

सर्लाही, २० माघ । नेपाली काँग्रेसका १३ वटै भातृ सङ्गठनले सोमबार सर्लाहीसहित ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गरेको छ ।

ट्रेन्डिङ