सप्तरी, १५ माघ । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
काठमाडौं, १५ माघ । उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् ।
जनकपुरधाम, १५ माघ । धनुषामा मदिरा उद्योग सञ्चालकको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको हो ।
काठमाडौं, १५ माघ । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् ।
सिरहा, १५ माघ । सीमानाका लामो समयदेखि नखुल्दा भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाका स्थानीयवासी चोरबाटो प्रयोग गर्न थालेका छन् ।
राजविराज, १४ माघ । सप्तरीमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट कोरोना खोप सुरुवात भएको छ ।
जनकपुरधाम, १४ माघ । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् ।
विराटनगर, १४ माघ । नेकपाका प्रदेश १ का इन्चार्ज भीम आचार्यले प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव पारित हुने दाबी गरेका छन् ।
धनगढी, १४ माघ । कैलालीमा मतदान केन्द्रहरु हेरफेर भएको छ । कैलाली जिल्ला निर्वाचन समितिको बैठकले चार वटा मतदान केन्द्र थप गरेको छ ।
जनकपुरधाम, १४ माघ । यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
काठमाडौं, १४ माघ । राष्ट्रिय एकता अभियानले काठमाडौंस्थित पाकिस्तानको दूतावास अगाडि प्रदर्शन गरेको छ ।
सप्तरी, १४ माघ । कोरोनाविरुद्धको खोप नेपालभरि एकैसाथ शुरुवात भएको छ । यसै सिलसिलामा प्रदेश नं. २ भरि एकैसाथ शुरुवात भएको छ ।
काठमाडौं, १४ माघ । रासायनिक मल अभाव हटाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतसँग पाँच वर्षका लागि जीटूजी (सरकार–सरकार) सम्झौता गर्ने तयारी गरेको छ ।
वीरगन्ज, १४ माघ । पर्सामा १२ हजार ४ सय मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि १२ हजार ४ सय मतदाता थपिएका हुन् ।
काठमाडौं, १४ माघ । राष्ट्रिय अभियान नेपालले नेपाल–चीन सीमा स्तम्भहरुको जीपीएस कोर्डिनेट तथा सुपरिवेक्षणको प्रतिवेदन सार्वजनिकको माग गर्दै नापी विभागको आगाडी धर्ना शुरु गरेको छ ।
काठमाडौं, १४ माघ । नेपाल प्रहरी अस्पताल महाराजगंजमा कोभिड–१९ खोप केन्द्र शुभारम्भ भएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले बुधबार खोप लगाएर उक्त केन्द्रको शुभारम्भ गरेकी हुन् ।
काठमाडौं, १४ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले शान्तिपूर्ण प्रर्दशनमा भएको प्रहरी दमनको भर्त्सना गरेको छ ।
काठमाडौं, १४ माघ । आजबाट देशव्यापीरुपमा शुभारम्भ भएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपालमा बस्ने हरेक नेपाली नागरिकले निःशुल्क प्राप्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।
काठमाडौं, १४ माघ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोपको आजदेखि देशव्यापीरुपमा प्रयोग शुरु भएको छ । गत साता छिमेकी मित्रराष्ट्र भारतले अनुदानस्वरुप नेपाललाई दश लाख डोज खोप उपलब्ध गराएको थियो ।
काठमाडौं, १३ माघ । नेपालस्थित भारतीय दूतावासले मंगलबार भारतको ७२औं गणतन्त्र दिवस मनाएको छ ।
सप्तरी, १३ माघ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारप्रति गम्भीर आरोपहरु लगाउँदै कम्युनिष्टले नेतृत्व गर्नुपर्ने बताएका छन् ।
बारा, १३ माघ । बारामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा खोटाङ बस्ने ३६ वर्षीय लाल बहादुर पाण्डेको मृत्यु भएको हो ।
जनकपुरधाम, १३ माघ । प्रदेश २ मा जिल्लाभरि नै कोरोनाविरुद्वको खोप अभियानअन्तर्गत पहिलो चरणमा अग्रमोर्चामा खटिनेहरुलाई पहिलो चरणमा दिइने भएको छ । आठै जिल्लामा एकैसाथ सुरु गरिने भएको छ । प्रदेश २ मा ३४ हजार ८ सय ४ जनालाई खोप लगाउने तयारी गरिएको छ ।
वीरगञ्ज, १३ माघ । वीरगञ्जमा अत्याधिक चिसो मौसमका कारण प्रभावित ३० जनालाई कम्बल वितरण गरिएको छ । रुंगटा वेलफेयर सोसाइटीले चिसो प्रभावित विपन्न नागरिकलाई कम्बल वितरण गरेको हो ।