काठमाडौं, १३ माघ । विश्वको दोस्रो ठूलो हिमाल माउन्ट केटु आरोहण गर्ने नेपाली टोलीलाई भारतीय कंग्रेसका नेता राहुल गान्धीले दिएका छन् ।
काठमाडौं, १३ माघ । छिमेकी मित्रराष्ट्र भारतको ७२ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौं, १३ माघ । छिमेकी मित्रराष्ट्र भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै छ । २६ जनवरी १९५० मा भारतमा गणतन्त्र स्थापना भएको थियो ।
काठमाडौं, १२ माघ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि आठ लाख शुल्क बढाउने निर्णय गरेकोप्रति जनता समाजवादी पार्टी नेपालनिकट विद्यार्थी संगठनले विरोध जनाएको छ ।
काठमाडौं, १२ माघ । ७३औं भारतीय सेना दिवसको अवसरमा गत बुधबार नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
रुपन्देही, १२ माघ । तिलोत्तमा नगरपालिका–१४ बागधुरास्थित तिनाउ खोलाको किनारामा सोही ठाउँ बस्ने रामसुरत केवटको लु.६४ प २४१५ नम्बरको मोटरसाइकलमा सोमबार बिहान आगजानी भएको छ ।
पर्सा, १२ माघ । ६ महिनादेखि विद्यालयमा विषयगत शिक्षक नभएको भन्दै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले महानगर अगाडि नाराबाजी र प्रदर्शन गरेका छन् ।
महोत्तरी, १२ माघ । महोत्तरीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । औरही नगरपालिका–४ कठुधारमा सोमबार बिहान ना८ख ९८० नम्बरको टिपरले ज६प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जनकपुरधाम, १२ माघ । पिछडावर्ग (ओबीसी) महासभाको राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्ष पदमा रामकुमार महतोसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं, १२ माघ । संसद विघटनविरुद्ध नेपाल–प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।
काठमाडौं, १२ माघ । ओली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास विरुद्ध, राज्य संयन्त्रको दुरुपयोग विरुद्ध, प्रधानमन्त्री/मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्र विरुद्ध मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ ।
जनकपुरधाम, १२ माघ । प्रदेश २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठै जिल्लाबाट एक साथ शुरु गर्ने निर्णय गरेको छ ।
रौतहट, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले न्यायालयमाथि दबाब दिनेहरू लोकतन्त्रवादी हुन नसक्ने बताएका छन् ।
सर्लाही, ११ माघ । तराई मधेशमा एकहप्ता देखि व्याप्त गहिरो हुसुले गर्दा कडा चिसोका कारण अत्यन्त कष्टकर जीवन जिउन बाध्य सर्लाहीको चन्द्रनगर गाउँपालिकाका ५०० विपन्न परिवार, एकल महिला र अपाङ्गलाई गुणस्तरीय फाइवर सिरक प्रदान गरिएको छ ।
मलंगवा, ११ माघ । सर्लाहीको धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन् ।
काठमाडौं, ११ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतकै सबैभन्दा उत्तम प्रधानमन्त्री बन्न सफल भएका छन् । भारतमा गरिएको एक सर्वे अनुसार मोदी अहिलेसम्मकै सबैभन्दा उत्तम प्रधानमन्त्री बन्न सफल भएका हुन् ।
काठमाडौं, ११ माघ । प्रतिनिधिसभा पुनर्स्थापना भएपनि शासनसत्ता उही असफल भएका नेपाल कम्युनिष्ट पार्टीकै हातमा जाने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।
काठमाडौं, ११ माघ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालमा संविधान र शासन पटक–पटक बदलियो तर विचार र व्यवहार कहिल्यै पनि नबदलिएको बताएका छन् ।
काठमाडौं, ११ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमको खारेजी नै अहिलेको आवश्यकता रहेको बताएका छन् । उनले प्रतिगमन खारेजी भएपछि मुलुक ट्रयाकमा आउने बताए ।
काठमाडौं, ११ माघ । प्रतिनिधिसभा विघटन र सत्तासीन नेकपाको विभाजन पछि अधिकांंशको ध्यान मधेशका आकृष्ट छ । देशको अहिलेको तरल राजनीतिमा मधेशमा के भइरहेको छ र मधेशले के गरिरहेको छ भन्ने तर्फ सबैको ध्यान तानिएको छ ।
काठमाडौं, ११ माघ । भारतको उत्तराखण्डमा १९ वर्षीया किशोरी एक दिनको मुख्यमन्त्री बन्दैछिन् । हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो ।
राजविराज, ११ माघ । बालअधिकार र बालविवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम सप्तरीको विष्णुपुर गाउँपालिकमा सम्पन्न भएको छ ।
मोरङ, १० माघ । आफ्नै श्रीमती ३५ वर्षीया दिलमाया राईलाई बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका–२ सिरुझार बस्ने ५० वर्षीय डिक बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, १० माघ । विभिन्न प्रलोभनमा पारी ७३ लाख ९३ हजार ९ सय ९ रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रही फरार गौरीगंगा नगरपालिका–८ बस्ने ३४ वर्षीय राजाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।