3/27/2021

जनकपुरधाम, १४ चैत । धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोको निर्वाचन क्षेत्रमा एकै दिन ६ वटा योजना शिलान्यास गरिएको छ ।

3/26/2021

धनगढी, १३ चैत । टीकापुरको थारु आन्दोलनबाट उत्पन्न घटनाका सन्दर्भमा सरकारसँग समाधान खोज्न थारुवान/थारुहट मोर्चाले सांसद रेशमलाल चौधरीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

3/26/2021

रुपन्देही, १३ चैत । जिल्लाको सिद्धार्थनगर नगरपालिका १ मेउडीहवाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको तिलोत्तमा नगरपालिका १० बस्ने मेहबुब अलिलाई पक्राउ गरेको छ ।

3/26/2021

जनकपुरधाम, १३ चैत । वरिष्ठ पत्रकार तथा साहित्यकार राजेश्वर नेपालीलाई प्रदेश २ का प्रमुख डा.राजेश अहिराजले सम्मान गरेका छन् ।

3/26/2021

जनकपुरधाम, १३ चैत । प्रदेश २ मा पुनः कोरोना संक्रमण देखिएकाले सुरक्षा सतर्कता अपनाउने निर्णय गरिएको छ । प्रदेश सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा थप सतर्कता अपनाउने निर्णय गरेको हो ।

3/26/2021

जनकपुरधाम, १३ चैत । धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक जना असईको मृत्यु भएको छ । जनकपुर बर्दिबास सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका वडा नम्बर १० स्थित लाल गढमा ट्रकले असई मदन कापरलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएका छन् ।

3/26/2021

जनकपुरधाम, १३ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको माग सम्बोधन गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

3/26/2021

रुपन्देही, १३ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीको सरकारमा कुनै पनि हालतमा सहभागी नहुने बताएका छन् ।

3/26/2021

जनकपुरधाम, १३ चैत । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ बस्ने श्याम रविदासको १९ वर्षीया छोरी बेपत्ता पारिएकोे छ ।

3/26/2021

काठमाडौं, १२ चैत । निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका थारु अगुवालाई भेट्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बिहीबार माइतीघर मण्डला पुगेका छन् ।

3/26/2021

कैलाली, १२ चैत । कैलालीका स्थानीय तहहरूले पर्याप्त बजेट खर्च गर्न सकेका छैनन् । जिल्लाका सबैजसो स्थानीय तहमा दोस्रो चौमासिकसम्म निकै न्यून बजेट खर्च भएको छ । केही स्थानीय तहमा योजनाहरु नै शुरु हुन सकेका छैनन् ।

3/26/2021

जनकपुरधाम, १२ चैत । सिमेन्ट उद्योगहरूले प्रदेश सरकारलाई बुझाउनुपर्ने राजस्व नबुझाएको प्रदेश २ सरकारले दाबी गरेको छ ।

3/26/2021

काठमाडौं, १२ चैत । डिल्लीबजारस्थित जेलमा रहेका जसपाका सांसद रेशम चौधरीले पार्टीले गर्ने निर्णय आफ्ना लागि शीरोधार्य हुने बताएका छन् ।

3/25/2021

काठमाडौं, १२ चैत । यती एयरलाइन्सले काठमाडौं–वनारस–काठमाडौं परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलता पूर्वक सम्पन्न गरेको छ ।

3/25/2021

काठमाडौं, १२ चैत । कोलकाता नाका हुँदै हुने बाह्य मुलुकुको व्यापार सहज र सुचारु गराउन सहयोग गर्ने उद्देश्यसहित काठमाडौं–कोलकाता (केटूके) फोरम आयोजना हुने भएको छ ।

3/25/2021

जनकपुरधाम, १२ चैत । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र रूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।

3/25/2021

बरा, १२ चैत । जिल्ला प्रशासन कार्यालय बाराले मास्क नलगाई घरबाहिर हिड्नेलाई कारबाही गर्ने भएको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै सतकर्तता अपनाउन भन्दै प्रशासनले मास्क नलगाई बाहिर हिड्नेलाई कारबाही गर्ने भएको हो ।

3/25/2021

काठमाडौं, १२ चैत । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ओली सरकारलाई विदागर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल नभएको जनाएका छन् ।

3/25/2021

नेपालगञ्ज, १२ चैत । जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाएको छ ।

3/25/2021

सिरहा, १२ चैत । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ ।

3/25/2021

काठमाडौं, १२ चैत । गभर्नर महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोड मार्फत् हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गगर्ने बताएका छन् ।

3/25/2021

सर्लाही, १२ चैत । मलंगवामा टाउको छिनालिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

3/25/2021

जनकपुरधाम, १२ चैत । प्रदेश २ मा भारतीय सीमा नाकामा हुने निकासी पैठारीको अनुगमन तथा निरीक्षणका लागि संसदीय उपसमिति गठन भएको छ ।

3/25/2021

जनकपुरधाम, १२ चैत । बेपता भएका महोत्तरीको झा दम्पतिको शव तीन सातापछि फेला परेको छ । जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर २ अतरार गाउँमा बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

3/25/2021

रौतहट, १२ चैत । रौतहटको दुर्गाभगवती गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण हुने भएको छ ।

ट्रेन्डिङ