मोरङ, ५ बैशाख । धनपालथान गाउँपालिका–४ स्थित सडकमा को.२७ प ६४५९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मोरङ, ५ बैशाख । विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रतिबन्धित ५ सय दरका २ सय ६ थान गरी कूल १ लाख ६ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
सर्लाही, ५ बैशाख । ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा लालबन्दी नगरपालिका–१ बस्ने ३० वर्षीय राजु दासलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ४ बैशाख । स्वास्थ्यतथा जनसंख्या राज्यमन्त्री नवराज राउतले सरकार तत्काल लकडाउनगर्ने पक्षमा नरहेको बताएका छन् । उनले तहसनहस भएको अर्थतन्त्र उठ्न लागेको भन्दै अहिलेकै अवस्थामा फेरि लकडाउन नगर्ने बताए ।
बाँके, ४ बैशाख । कोहलपुर नगरपालिका–१३ स्थित सडकमा मे.१ ख ३३४७ नम्बरको बस र अनटेष्ट लेखिएको टिपर शुक्रबार साँझ एकआपसमा ठोक्किएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
बाँके, ४ बैशाख । नेपालगंज उपमहानगरपालिका–१२ कोरियनपुरबाट करिब ८ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।
रुपन्देही, ४ बैशाख । सिद्धार्थनगर नगरपालिका–४ दोगराबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
महोत्तरी, ४ बैशाख । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ८ मा रहेको राम जानकी दलित आधारभूत विद्यालय मटिहानीको नव–निर्मित भवनको एक समारोहबीच प्रतिनिधिसभाका चन्दा चौधरी र मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
काठमाडौं, ३ बैशाख । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतकोबीचमा देखिएका सबै समस्यालाई छलफल र संवादबाट आपसी समझदारीमा हल गर्नुपर्ने बताएका छन् ।
रुपन्देही, ३ बैशाख । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले करीव ६ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
मोरङ्ग, ३ बैशाख । जिल्लाको रतुवामाई नगरपालिका २ डोरीया सीमा ईलाकाबाट एपीएफ टोलीले २ सय ५५ वटा नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं, ३ बैशाख । भारतको उत्तराखण्डस्थित हरिद्वार कुम्भमेलामा सहभागी भएकाहरु थुप्रैमा कोरोना भाइरसको संक्रमण देखिएको भए पनि उक्त मेलामा सहभागी पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भने सकुशल छन् ।
नेपालगन्ज, ३ बैशाख । नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालगन्जमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । संक्रमितको सङ्ख्या अत्यधिक बढ्न थालेपछि अस्पतालले थेग्नै नसक्ने अवस्था सिर्जना हुन थालेको छ ।
जनकपुरधाम, ३ बैशाख । प्रदेश २ को प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आह्वान गर्दै सूचना जारी गरेको छ ।
जनकपुरधाम, ३ बैशाख । प्रदेश सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको लागि सामाजिक सुरक्षाको प्रबन्ध तथा व्यवस्थापन गर्न प्रतिष्ठानको गठन गरेको हो ।
नेपालगञ्ज, ३ बैशाख । कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् ।
जनकपुरधाम, ३ बैशाख । मधेश आन्दोलनका सहिद परिवारलाई जागिर दिने भन्दै प्रदेश २ सरकारले गत जेठमा नियुक्ति पत्र दिएको झन्डै एक वर्ष हुन लाग्दा पनि २५ परिवारले जागिर पाउन सकेका छैनन ।
रुपन्देही, ३ बैशाख । लुम्बिनी प्रदेशका मुख्मन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न विपक्षी दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।
जनकपुरधाम, ३ बैशाख । नेकपा माओवादी (केन्द्रले कारबाही गरी बर्खास्त गरेका बाराका समानुपातिक प्रदेश सांसद महोम्मद समिरको स्थानमा सप्तरीबाट नयाँ सांसद थप्ने तयारी गरेको छ ।
बारा, २ बैशाख । बारा, महोत्तरी र सर्लाहीमा भएको विभिन्न दुर्घटनाहरुमा पाँच जनाको मृत्यु भएको छ । बारामा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
वीरगञ्ज, २ बैशाख । वीरगञ्जबाट १ हजार ४ सय ८८ एम्पुल लागुऔषधसहित एकजना भारतीय युवक र गाँजासहित एक १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
झापा, २ बैशाख । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि बिहीबार बिहान देखि सिल गरिएको छ ।
काठमाडौं, २ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले आपसी भाँडभैलो र अनमेल अन्त्य हुनुपर्ने बताएका छन् । निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउन र एकता कायम गर्नु अहिलेको आवश्यकता रहेको शाहले बताएका छन् ।