वीरगञ्ज, ११ जेठ । वीरगञ्ज महानगरपालिकाले कोरोना भाइरस विरुद्धको खोप खरिद गर्न सरकारसँग अनुमति मागेको छ ।
काठमाडौं, ११ जेठ । फोर एच नेपालले एक वक्तव्यजारी गरी किसानलाई तत्काल कोरानाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । साथै, किसानलाई फ्रन्टलाइनवर्कर तथा कृषिलाई उच्च जोखिमयुक्त क्षेत्र घोषणा गर्न पनि सरकारसँग माग गरिएको छ ।
सुनसरी, ११ जेठ । धरान उपमहानगरपालिका–२ स्थित सडकबाट को.१ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ११ जेठ । कोभिड संकटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानव अधिकार तथा शान्ति समाजले अक्सिजन सिलिण्डर जुटाऔँ जीवन बचाऔँ अभियान सञ्चालन गरेको छ ।
काठमाडौं, ११ जेठ । विभिन्न परियोजनका लागि दुबई (युएई) मा बस्दै आएका मधेशीहरुले “मधेशी एकता समाज” नामक सामाजिक संस्था गठन गरेका छन् ।
काठमाडौं, ११ जेठ । नेकपा एमाले माधव नेपाल समूहका निष्काशित नेता डा.भीम रावलले मधेशप्रति भ्रम फैलाइरहेको भन्दै जनता समाजवादी पार्टी नेपालका नेता प्रदीप यादवले आपत्ति जनाएका छन् ।
राजविराज, १० जेठ । कुटपिटबाट घाइते भएका सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको सोमबार मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते यादवको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।
बारा, १० जेठ । मानमत–कलैया–मटिअर्वा सडकखण्डको डाकाहामा सोमबार जन्ती बस पल्टिँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा बालबालिकासमेत छन् ।
काठमाडौं, १० जेठ । नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा भारत संविधानका पक्षमा उभिउनु पर्ने बताएका छन् ।
नयाँदिल्ली, १० जेठ । कञ्चनपुरबाट गत दुई महिनादेखि हराइएरहेकी एक नेपाली किशोरीलाई भारतको राजधानी नयाँदिल्ली छेउको बदरपुर बोर्डरबाट उद्धार गरिएको छ ।
काठमाडौं, १० जेठ । भारतको उत्तर प्रदेश सरकारले तरल अक्सिजन ल्याउन नेपाललाई दुई टयांकर दिने भएको छ । भारतबाट तरल अक्सिजनको सहज आपूर्तिको लागि क्रायोजेनिक एवं अन्य अक्सिजन ट्यांकरहरु उपलब्ध गराउन नेपालले भारतलाई आग्रह गरेको थियो ।
नेपालगञ्ज, १० जेठ । बाँकेमा जारी निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एकहप्ता लम्ब्याउने निर्णय गरेको हो ।
महोत्तरी, १० जेठ । महोत्तरीमा निषेधाज्ञा जेठ २० गतेसम्मका लागि लम्ब्याइएको छ । आइतबार जिल्ला कोभिड व्यवस्थापन समिति महोत्तरीको बैठकले जेष्ठ २० गतेसम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।
रौतहट, १० जेठ । नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा निवर्तमान शहरी विकास मन्त्री एवम् नेता प्रभु साहको निर्वाचन क्षेत्रसहित रौतहटका विभिन्न स्थानमा दीपावली गरिएको छ ।
विराटनगर, १० जेठ । उच्च अदालत विराटनगरले कोरोनाको कहरमा परेका बिपन्न नागरिकको पहिचान गरेर उनीहरुलाई खानाको व्यवस्था गर्न प्रदेश १ सरकार र संघीय सरकारका नाममा आदेश जारी गरेको छ ।
काठमाडौं, १० जेठ । जनमत पार्टीका नेता ललित मल्लिक सानुले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नेपालको नागरिकता अध्यादेशलाई स्वागत गरेका छन् ।
धनगढी, १० जेठ । कैलालीको गेटास्थित गेटा मेडिकल कलेजमा निर्माण गरिएको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ । तीनै तहका सरकारको सक्रियतामा मेडिकल कलेजमा निर्मित आइसोलेसन आजबाट सञ्चालनमा आएको हो ।
काठमाडौं, १० जेठ । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आइतबार जारी नेपाल नागरिकता अध्यादेशको मधेशलगायत देशैभर स्वागत गरिएको छ ।
काठमाडौं, १० जेठ । मधेश र मधेशीको माग र मुद्दालाई जहिले पनि सत्ताको भ¥याङ बनाउँदै आएका उपेन्द्र यादव समूहलाई ठूलो बज्रपात परेको छ । आफू ओली नेतृत्वकै सरकारमा २१ महिनासम्म बस्दा एउटा सिन्कोसमेत भाँच्न नसकेको उनी निकटका नेताहरुको आरोप छ ।
काठमाडौं, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेशलाई जनता समाजवादी पार्टी नेपालले स्वागत गरेको छ ।
काठमाडौं, ९ जेठ । भारतको रक्षा अनुसन्धान विभागले विकास गरेको कोरोना भाइरसविरुद्धको औषधि २डिअक्सी डी ग्लुकोज (२डीजी) औषधि प्रभावकारी हुने देखिएको छ । यो औषधि चाँडै नै बजारमा आउने ठानिएको छ । यो औषधिको खोज पछाडिका हिरो वैज्ञानिक डा. अनिल कुमार मिश्र हुन् ।
काठमाडौं, ९ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणी समितिको बैठकलाई अवैधानिक बताएका छन् ।
काठमाडौं, ९ जेठ । लामो समयदेखि नागरिकता समस्या समाधानका लागि आवाज उठाउँदै आएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सफलता हासिल गरेका छन् ।
काठमाडौं, ९ जेठ । सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालनिकट युवा संगठनहरुले सरकारले घोषणा गरेको निर्वाचनलाई स्वागत गरेका छन् ।