२०७७ वैशाख १० गते तानाशाहि प्रवृतिले चलाउँदै गरेको समाजवादी पार्टी फुट्नै लाग्दा जोगाई दिन खालि कागजमा पनि हस्ताक्षर गरि एकीकरण गर्न हतारिएका उनलाई तात्कालीन समयमा हामीले पार्टी फुट्नबाट जोगाइदिएको यर्थाथ कसैबाट लुकेको छैन र पनि उनी एकतर्फी रुपमा गुटगत कार्यमा संलग्न रहे तर हामी एकीकरणको भावनाप्रति अत्ति नै प्रतिवद्ध छौं र वैकल्पिक शक्ति बनाउने उत्पीडित जातजाति र समुदायको उत्कट चाहनाको कदर गर्दै यसखाले अनुशासनहीन र अराजक व्यक्तिको निष्काशनले यो अभियान झनै सशक्त हुने विशवास दिलाउँदै अझ बढी एकतावद्ध हुन सम्पूर्ण पार्टी पंक्ति, समर्थक र आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौं ।
काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेका छन् ।
काठमाडौं, १८ जेठ । उपेन्द्र यादव र डा.बाबुराम भट्टराई गुटले महन्थ ठाकुर, राजेन्द्र महतोसहित चार जना नेतालाई निष्काशन गरेको जानकारी निर्वाचन आयोगमा पठाइएको छ ।
काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव र डा.बाबुराम भट्टराई गुटले महन्थ ठाकुर र राजेन्द्र महतोसहित नेतालाई पार्टीको सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।
जनकपुरधाम, १८ जेठ । धनुषामा पुनः एक साता निषेधाज्ञा अवधि बढाइएको छ । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन समिति धनुषाको बैठकले आज रातिदेखि जेष्ठ २४ गतेसम्मको लागि जिल्लामा निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।
नेपालगञ्ज, १८ जेठ । नेकपा एमालेका नेता डम्बर थापाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
जनकपुरधाम, १८ जेठ । प्रदेश २ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।
जनकपुरधाम, १८ जेठ । कोरोना भाइरसको रोकथाम नियन्त्रणका लागि गैरसरकरी संस्थाले प्रदेश २ सरकारलाई स्वास्थ्य सामग्री सहायता गरेको छ ।
सिरहा, १७ जेठ । जनता समाजवादी पार्टी नेपालका दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष अध्यक्ष डा.बाबुराम भट्टराईको पुतला दहन गरिएको छ ।
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसहित उनी पक्षधर नेताहरुले लञ्च वार्ता गरेका छन् । करिब ४ घण्टासम्म चलेको वार्तामा जसपा सरकारमा जानेदेखि भविष्यसम्मको सहकार्यबारे छलफल भएको छ ।
दाङ, १७ जेठ । राष्ट्रियसभा सदस्यका लागि भएको उप निर्वाचनमा लुम्बिनी प्रदेशबाट दृगनारायण पाण्डेय निर्वाचित भएका छन् ।
विराटनगर, १७ जेठ । मोरङमा जेठ २४ गतेसम्म निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।
सर्लाही, १७ जेठ । कोरोना संक्रमणको जोखिम पूर्ण नियन्त्रणमा आइनसकेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा जेठ २५ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकालीपूर्वको जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताएका छन् ।
काठमाडौं, १७ जेठ । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई नौ थान दमकल हस्तान्तरण गरेको छ ।
कैलाली, १७ जेठ । भजनी नगरपालिका–५ दुधुवाफाटाबाट ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बर्दिया, १७ जेठ । बढैयाताल गाउँपालिकामा बसोबास गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर तथा अशक्त प्रहरीका परिवार गरी ९० घरधुरीलाई सोमबार सर्जिकल मास्क र साबुन समेतका स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
रौतहट, १७ जेठ । परोहा नगरपालिका–४ बस्ने २२ वर्षीया गुडीया देवी पासवानको करेन्ट लागेर मृत्यु भएको छ ।
मोरङ, १७ जेठ । औषधि कालोबजारी गरेको अभियोगमा विराटनगर महानगरपालिका–१५ रानीस्थित जनता मेडिकल स्टोरका संचालक सोही ठाउँ बस्ने ३५ वर्षीय रवि कुमार रजकलाई प्रहरीले पक्राउ गरेको छ ।
अध्यादेशमार्फत् नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को जुन सार्वजनिक गरेको छ हेर्दा धेरै राम्रो देखिएको छ तर कार्यान्वयन पक्ष कतिको राम्रोसँग हुन्छ हेर्न बाँकी छ । अध्यादेशबाट आगामी आर्थिक वर्षका लागि यो बजेट आएकोले धेरै चुनौती छन् ।
काठमाडौं, १६ जेठ । लुम्बिनी प्रदेश अन्तर्गत सोमबार हुने राष्ट्रिय सभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्यले पनि मतदान गर्न पाउने भएका छन् ।
सिरहा, १६ जेठ । कोभिड– १९ संक्रमणका कारण सिरहामा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना दोस्रो लहर सुरु भएयता सिरहामा ६५ जनाको मृत्यु भएको छ ।
कपिलवस्तु, १६ जेठ । लुम्बिनीस्थित लुम्बिनी सामाजिक सेवा प्रतिष्ठानले कपिलवस्तु अस्पताललाई २५ लाख मुल्य बराबरका ११ थान अक्सिजन कन्सन्टेटर मेसिन सहयोग गरेको छ ।