6/21/2021

कपिलवस्तु, ७ असार । बुद्धभूमि नगरपालिका–१० बिजगौरीस्थित खेतमा सिँचाई गर्नका लागि खनेको खाडलमा जम्मा भएको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

6/21/2021

वीरगञ्ज, ७ असार । कोरोना महामारीका कारण बन्द रहेको जिल्ला प्रशासन कार्यालय पर्सा सोमबारदेखि खुलेको छ ।

6/21/2021

काठमाडौं, ७ असार । मनाङका बाढीपीडित जनताको सहयोगका लागि नेपाल भारत मैत्री संघले २ लाख १ हजार रकÞम प्रदान गरेको छ ।

6/21/2021

सिरहा, ७ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले मुलुकमा उद्योगमैत्री वातावरण बनाउने र बेरोजगारी अन्त्य गर्ने आफ्नो मूल उद्देश्य रहेको बताएका छन् ।

6/21/2021

जनकपुरधाम, ७ असार । धनुषामा सात दिन निषेधाज्ञा थप गरिएको छ । सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निषेधज्ञा थप सात दिन बढाउने निर्णय गरेको हो ।

6/21/2021

काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगतस्वास्थ्य मात्र नभई सामाजिक र साँस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताएका छन् ।

6/21/2021

काठमाडौं, ७ असार । काठमाडौंस्थित भारतीय राजदूतावासले जारी India@75 ‘आजादका अमृत महोत्सव’ अन्तर्गत भर्चुअल माध्यममार्फत सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । कोभिड–१९ महामारीबीच मनाइएको यस पटकको योग दिवसको नारा “घर घरमा योग” रहेको छ ।

6/21/2021

बाँके, ७ असार । नेपालगंज उपमहानगरपालिका–१८ एसके पेट्रोल पम्प नजिक सडकमा भे.८ प ७०० नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

6/21/2021

रुपन्देही, ७ असार । रोहिणी गाउँपालिका–१ दशगजा ठुलो पिल्लरबाट करिब ३ किलो ५ सय ३६ ग्राम अवैध लागूऔषध चरेश प्रहरीले बरामद गरेको छ ।

6/21/2021

सुनसरी, ७ असार । कोशी गाउँपालिका–१ बस्ने विक्रम साहको आफ्नै घरमा राखेको बा.९० प ७७९३ नम्बरको मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा सोही ठाउँ बस्ने ओम प्रकाश यादवलाई सोही गाउँपालिका–८ भण्टाबारीबाट प्रहरीले पक्राउ गरेको छ ।

6/21/2021

महोत्तरी, ७ असार । जलेश्वरस्थित बालमन्दिर आधारभूत विद्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले निरीक्षण गरेकी छिन् ।

6/21/2021

जनकपुरधाम, ६ असार । धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाकामा एकै पटक पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई गाउँपालिकाले जनही एक लाख ५१ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ ।

6/21/2021

वीरगञ्ज, ६ असार । वीरगञ्जका व्यवसायीले कोरोना महामारीले थलिएका होटल तथा पर्यटन व्यवसाय उत्थान केन्द्रित बजेट ल्याउन महानगरपालिकासँग आग्रह गरेका छन् ।

6/20/2021

काठमाडौं, ६ असार । चर्चित भारतिय एथ्लेट्स मिल्खा सिंहको ९१ वर्षको उमेरमा निधन भएको छ । चारपटक एसियन गेम्समा गोल्ड मेडल जितेका मिल्खाले १९६० को रोम ओलम्पिकमा ४०० मिटरमा चौंथो स्थान हासिल गरेका थिए । पोस्ट कोभिडका कारण उनको निधन भएको जनाइएको छ ।

6/20/2021

कपिलवस्तु, ६ असार । जिल्लाको बुद्धभूमि नगरपालिकाको आर्थिक बर्ष २०७८।७९ को नीति तथा कार्यकम सर्वसम्मत बाट पारित भएको छ । आइतबार गोरुसिंगेमा आयोजित नवौं नगर सभामा नगर प्रमुख केशव कुमार श्रेष्ठले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ ।

6/20/2021

काठमाडौं, ६ असार । जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादवनिकट कानून व्यवसायीले महन्थ–महतो समूह विरुद्ध अदालतमा कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गरेका छन् ।

6/20/2021

जनकपुरधाम, ६ असार । महिला, बालकालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले स्थानीय तहमा चाँडै महिला शाखा स्थापना गर्ने बताएकी छन् ।

6/20/2021

वीरगञ्ज, ६ असार । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिलमा शनिबार अगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।

6/20/2021

काठमाडौं, ६ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नागरिकता मधेशको मात्र समस्या नभएको बताएका छन् । नेता कोइरालाले नागरिकतालाई लिएर भ्रम फैलाउने काम भइरहेको दाबी गरे ।

6/20/2021

जनकपुरधाम, ५ असार । मैथिल ब्राह्मण महासभा र नेपाल निषाद संघले धनुषामा १ सय ११ विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

6/20/2021

कपिलवस्तु, ५ असार । विपद् होस् या अन्य समस्या समुदायमा देखिन साथ नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल कपिलवस्तु समुदायमा पुने गर्दछन् ।

6/19/2021

जनकपुरधाम, ५ असार । धनुषामा एक लागुऔषध सम्बन्धी घटनाको मिसिल फेरबदल गरेको आरोपमा जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) प्रकाश रानाभाटमाथि अनुसन्धान सुरू भएको छ ।

6/19/2021

सिरहा, ५ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले देशमा अब कालोबजारी, महंगी र व्यापारीको मनोमानी नचल्ने बताएका छन् ।

6/18/2021

वीरगन्ज, ४ असार । कोरोना संक्रमणको दोस्रो लहरमा पनि कोरोनाको हटस्पट बनेको पर्सा जिल्लामा कोरोना संक्रमणले हुने मृत्यु दर अहिले शून्य रहेको छ । असार सुरु भएयता पर्सामा कोरोना संक्रमणले मृत्यु दर शून्य भएको हो ।

6/18/2021

वीरगञ्ज, ४ असार । स्कटल्याण्डमा बस्दै आएका नेपालीहरुले वीरगन्जको नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् ।

ट्रेन्डिङ