6/24/2021

कपिलवस्तु, १० असार । बुद्धभूमि नगरपालिकाले छात्राहरुको अध्ययनमा सहजता ल्याउनका लागि छात्राहरुलाई साइकल वितरण गरेको छ ।

6/24/2021

काठमाडौं, १० असार । जनता समाजवादी पार्टी नेपालको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले पार्टीका निर्वतमान सांसदहरुको बैठक बोलाएको छ ।

6/23/2021

रुपन्देही, ९ असार । लामो समयको कोभिडको प्रभाव र विभिन्न कारण नविकरण रोकिएका रोकिएका उद्योगहरुलाई तत्काल नवीकरण गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै रुपन्देही उद्योग संघले लुम्बिनी प्रदेशका उ्रद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ ।

6/23/2021

गौर, ९ असार । प्रदेश २ कै एक मात्र महिला नगरप्रमुख रहेको रौतहटको मौलापुर नगरपालिकामा मेयरको पक्षमा विशाल जनप्रदर्शन भएको छ । विकासको गतिमा सदैब एक कदम अगाडि रहने मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको हो ।

6/23/2021

जनकपुरधाम, ९ असार । कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा प्रदेश नं २ मा चालू आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र विकास खर्च (पुँजीगत खर्च) भएको छ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले कूल रु १९ अर्ब १९ करोड ८ लाख १८ हजार पुँजीगत बजेट विनियोजन गरेको थियो ।

6/23/2021

पर्सा, ९ असार । मोटरसाइकलका पाटपूर्जा बिक्री गर्ने ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरेर आफ्नै ग्यारेजबाट पाटपूर्जा खोलेर बिक्री गर्ने तीन जनालाई वीरगञ्जबाट पक्राउ गरिएको हो ।

6/23/2021

सप्तरी, ९ असार । गोठाला गएकी एक बालिकालाई यौन दुर्व्यवहार गरेर हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

6/23/2021

सिरहा, ९ असार । आँपको राजधानी मानिने सिरहा र सप्तरीमा यसवर्ष आँप उत्पादन ह्वातै घटेको छ । आँप उत्पादनको दृष्टिकोणले यो वर्ष उपयुक्त नभएको र रोग किराको समेत प्रकोप बढेकाले आँप उत्पादन घटेको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ ।

6/23/2021

महोत्तरी, ९ असार । महोत्तरीमा कोभिड–१९ महाव्याधि सङ्क्रमण छल्न जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । आजदेखि लागू हुने गरी छैटौँपटक जारी निषेधाज्ञाको अवधि असार १५ गते मध्यरातसम्मलाई थप गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो ।

6/23/2021

सर्लाही, ९ असार । ईश्वरपुर नगरपालिका–१३ सागरनाथ वनस्थित श्रीनगर बस्ने ६० वर्षीय राम आशिष महत्तोको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

6/23/2021

जनकपुरधाम, ९ असार । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले धनुषा जिल्लामा मिथिला चित्र कलामा उल्लेखनीय योगदान दिएको चर्चित कलाकारहरूसँग भेटघाट गरेर उनीहरूको समस्या तथा सङ्घर्षका बारेमा जानकारी लिएका छन् ।

6/22/2021

बाँके, ८ असार । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट १ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने धुलो पदार्थ सहित बर्दिया मधुवन नगरपालिका–५ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

6/22/2021

मोरङ, ८ असार । रतुवामाई नगरपालिका–१० सोमबारेमा रहेको काबेली समृद्धि बहुउद्धेशिय सहकारी संस्थाबाट चोरी गरेको नगद २ लाख ३० हजार ८ सय रुपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

6/22/2021

बाँके, ८ असार । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट १ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने धुलो पदार्थ सहित बर्दिया मधुवन नगरपालिका–५ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

6/22/2021

रौतहट, ८ असार । माधबनारायण नगरपालिका–५ मिठुअवा बस्ने २५ वर्षीया मनिषा देवी साहको करेन्ट लागेर मृत्यु भएको छ ।

6/22/2021

कैलाली, ८ असार । चोरी मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँ बस्ने महेश रानालाई प्रहरीले पक्राउ गरेको छ ।

6/22/2021

मोरङ, ८ असार । विराटनगर महानगरपालिका–११ पिछडा टोल बस्ने २८ वर्षीय पप्पु सहनिलाई चोरी गरेको विभिन्न सामानसहित प्रहरीले पक्राउ गरेको छ ।

6/22/2021

चितवन, ८ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिनने जिकिर गरेका छन् ।

6/22/2021

जनकपुरधाम, ८ असार । प्रदेश २ सरकारको बजेट खर्च निराशाजनक देखिएको छ । चालु आर्थिक वर्षका लागि कुल विनियोजित बजेटमध्ये प्रदेश सरकारले अहिलेसम्म ३१ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

6/22/2021

काठमाडौं, ८ असार । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सहसराम यादव र पुरमणि ढेंगामगरलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

6/22/2021

रौतहट, ८ असार । खानेपानी मन्त्री अनिलकुमार झा गृह जिल्ला रौतहटको भ्रमणमा आइ पुगेका छन् । सरकारमा मन्त्रीको पदभार ग्रहण गरेपछि पहिलोपटक उनी गृह जिल्ला रौतहट पुगेका हुन् । उनले गत जेठ २१ गते मन्त्री पदको शपथ लिएका थिए ।

6/21/2021

काठमाडौं, ७ असार । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहलाई १५ दिनभित्र पार्टीको आधिकारिकतामा प्रमाण तथा दाबी पेस गर्न आदेश दिएको छ ।

6/21/2021

बाह्रबिसे, ७ असार । चिनियाँ कम्पनीको लापरबाहीका कारण सिन्धुपाल्चोकमा विपद् निम्तिएको पाइएको छ । मेलम्ची क्षेत्र तहसनहस पार्ने गरी अचानक आएको बाढीलाई हिमताल विष्फोट भएको आशंका गरिएको भए पनि माथिल्लो भेगमा केही समयअघि नदीको प्रवाह रोकेको र त्यसकै कारण अहिले बाढी आएको निष्कर्षतिर सरकारी निकायहरु पुगेको बताइन्छ ।

6/21/2021

झापा, ७ असार । सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको निरीक्षण गरेका छन् ।

6/21/2021

मोरङ्ग, ७ असार । मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १७ ईस्लामपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ५ सय मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

ट्रेन्डिङ