जनकपुरधाम, ३ कार्तिक । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले बाढीपीडित किसानहरुका लागि विशेष राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन् ।

बाँके, २ कार्तिक । बैजनाथ गाउँपालिका–४ एकासिनगर बस्ने ४४ वर्षीया ईन्द्रमाया कवरको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

मोरङ, २ कार्तिक । धनपालथान गाउँपालिका–४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा भारत फारवेसगञ्ज–१० बस्ने २० वर्षीय रोशन यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  

काठमाडौं, २ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बेलायतमा भेटवार्ता हुने भएको छ ।

नयाँदिल्ली, २ कार्तिक । भारतस्थित नेपाली राजदूत निलम्बर आचार्य र भारतीय काँग्रेसका अध्यक्ष सोनिया गान्धीबीच भेटघाट भएको छ ।

काठमाडौं, २ कार्तिक । नेपाल भ्रमणमा रहेको भारतको नेसनल डिफेन्स कोर्स–२०२१ को भ्रमण दलले मंगलबार नेपाली सेनाको जङ्गी अड्डामा भ्रमण गरेको छ ।

सर्लाही, २ कार्तिक । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले सर्लाहीको हुलाकी सडक यस वर्ष निर्माण हुने बताएका छन् ।

पर्सा, २ कार्तिक । वीरगंज महानगरपालिका–१५ बस्ने रामलखन साहको ना.१९ प ६३५५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, २ कार्तिक । बेमौसमी झरीका कारण घर भित्र्याउन ठिक पारेको धान खेतमै नष्ट भएकोले किसानलाई क्षतिपूर्ति दिन जनमत पार्टीले सरकारसँग माग गरेको छ ।

जनकपुरधाम, २ कार्तिक । प्रदेश २ को सरकारले प्रदेशमा आज मंगलबार सार्वजनिक बिदा दिएको छ ।

काठमाडौं, २ कार्तिक । नेपाल भ्रमणमा रहेको भारतको राष्ट्रिय रक्षा महाविद्यालयको प्रतिनिधिमण्डलले सोमबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा तथा दूतावासका अन्य अधिकारीसँग अन्तरक्रिया गरेको छ ।

बारा, २ कार्तिक । नेकपा (एमाले)का नेता प्रभु साहले प्रदेश २ सरकार विकास निर्माणमा असक्षम रहेको टिप्पणी गरेका छन् ।

काठमाडौं, १ कार्तिक । सरकारले भोलि मंगलबार मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिएको छ ।

काठमाडौं, १ कार्तिक । पूर्वमन्त्री सरिता गिरीले ‘मधेश विकास फोरम’ नामक संस्था गठन गरेकी छिन् । वातावरण संरक्षण गर्दै सहभागितामूलक जनमुखी विकास, विधिको शासन र मानव सुरक्षाको सुनिश्चितताका लागि संस्थाले काम गर्ने बताइएको छ ।

वीरगन्ज, १ कार्तिक । जनता समाजवादी पार्टीका नेता एवं संघीय सांसद प्रदीप यादवले पार्टीलाई आगामी दिनमा विगतझैँ एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कपिलवस्तु, १ कार्तिक । शिवराज नगरपालिका–५ चन्द्रौटा बजार बालापुर मोड बस्ने ध्रुवराज सापकोटा लगायत ४ जनाको घरबाट विभिन्न धनमाल चोरी भएको छ ।

मोरङ, १ कार्तिक । विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध ८ एम्पुल ऐभिल, ८ एम्पुल लुपिजेसिक, ६ एम्पुल फेनारगन र ६ एम्पुल डाइजेल्याबसहित एक युवक पक्राउ परेका छन् ।

जनकपुरधाम, १ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरियाले उपेन्द्र यादवले १८ महिना सरकारमा रहँदा गर्न नसकेका काम आफूहरु १८ दिनमै गरेको दाबी गरेका छन् ।

बाँके, १ कार्तिक । नेपालगंज उपमहानगरपालिका–१० गणेशमान चोकमा बा.१४ च १३८७ नम्बरको गाडीले भे.८ प ७८०४ नम्बरको मोटरसाइकल र एक साईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

कैलाली, ३१ असोज । लम्कीचुहा नगरपालिका–४ बस्ने जयलाल भण्डारीको छोरा १३ वर्षीय प्रकाश भण्डारीको करेन्ट लागेर मृत्यु भएको छ ।

रौतहट, ३१ असोज । गौर नगरपालिका–५ कोईरीया टोल बस्ने १८ वर्षीय मोहमद कैपलाई धारिलो हतियार चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, ३१ असोज । आफ्नै पति धनगढी उपमहानगरपालिका–७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय बिष्णु चौधरीलाई

काठमाडौं, ३१ असोज । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीले पूर्णता पाएको छ । नेकपा (एस)को केन्द्रीय कमिटी ३३५ सदस्यीय भएको छ ।

रौतहट, ३१ असोज । जनमत पार्टी गरुडा नगरपालिकाको भिमडाबरमा दशैं, दिपावली तथा छठको शुभ अवसरमा शुभकामना आदान प्रदान तथा जागरण सभा सम्पन्न भएको छ ।

बाँके, ३१ असोज । खजुरा गाउँपालिका–३ धौलागिरीस्थित सडकमा भे.१ ह ७०२ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ट्रेन्डिङ