वीरगन्ज, १४ मंसिर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–७ रामटोल बस्ने २१ वर्षीय बाबु भन्ने बिक्रम पटेल कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ । 

रौतहट, १४ मंसिर । गौर नगरपालिका–३ स्थित अनिल मिट हाउसबाट ३ हजार पिस नियन्त्रित लागूऔषध नाइट्राभेटसहित दुई जना पक्राउ परेका छन् ।

मोरङ, १४ मंसिर । विराटनगर महानगरपालिका–१५ स्थित दक्षिण गेटबाट सादा पोशाकको प्रहरी हुँ भन्दै स्थानीय व्यापारीहरूसँग रकम माग्ने एक जना पक्राउ परेका छन् ।

काठमाडौं, १४ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित भएसँगै प्रा.डा. पुष्पराज कँडेले एउटै पदमा लगातार तेस्रो पटक (ह्याट्रिक)को रेकर्ड कायम गरेका छन् । 

काठमाडौं, १४ मंसिर । हिन्दू परिषद् नेपालले सातौं स्थापना दिवस मनाएको छ । उपत्यका कमिटीद्वारा संघीय राजधानीस्थित मधेश मिडिया हाउसमा स्थापना दिवसको अवसरमा चियापान समारोह सम्पन्न गरिएको छ । 

वीरगन्ज, १४ मंसिर । लोकतान्त्रिक समाजावादी पार्टी नेपालद्वारा पर्सामा चुनाव प्रचार प्रसारमा सांसद सहितका टोलीले संयुक्त रुपमा कार्यकर्ताहरुलाई सशक्त चुनावी योजना बनाउन निर्देशन दिएको छ ।

जनकपुरधाम, १४ मंसिर । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश २ सरकार सामाजिक रुपान्तरणको पहलमा अब्बल रहेको बताएका छन् ।

चितवन, १३ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनबाट प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध भएका छन् ।

काठमाडौं, १३ मंसिर । नेकपा (एमाले)को जारी १०औं महाधिवेशनमा रघुवीर महासेठले उम्मेद्वारी घोषणा गरेका छन् । उनले एमाले नेतृत्वमा मधेशीको सहभागिताका लागि आफूले प्रतिस्पर्धा गर्ने बताएका छन् ।

रुपन्देही, १३ मंसिर । बुटवल उपमहानगरपालिका–४ स्थित सोही उपमहानगरपालिकाको निर्माणाधिन भवनमा बिद्युतको पोलबाट लाईन बिस्तार गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

कपिलवस्तु, १३ मंसिर । वाणगंगा नगरपालिका–७ बनगाईस्थित सकडमा लु.२ ख ५८२२ नम्बरको बसले लु.७८ प ६१४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

विराटनगर, १३ मंसिर । कटहरी गाउँपालिका–५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु भएको छ । 

काठमाडौं, १३ मंसिर । भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाका श्री मोती महिला संघ प्राथमिक विद्यालय र श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ भवनहरु उद्घाटन भएका छन् ।

चितवन, १३ मंसिर । नेकपा एमालेको जारी १०औं महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र डा.भीम रावलले उम्मेद्वारी दर्ता गराएका छन् ।

रौतहट । रौतहटका १२ स्थानीय तहमा माओवादी केन्द्रको पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ ।

काठमाडौं, १२ मंसिर । भारतको मुम्बईमा भएको आतङ्कवादी हमलाको स्मरणमा काठमाडौंको माइतीघर मण्डलमा नेपाल स्वतन्त्र युवा समूहको अगुवाइमा प्रदर्शन भएको छ ।

महोत्तरी, १२ मंसिर । महोत्तरीको सीमावर्ती मटिहानी नगरपालिकाका दलित समुदायका १ सय ३३ जना परिवारलाई ग्यासचुल्हा सेट वितरण गरिएको छ ।

वीरगञ्ज, १२ मंसिर । । वीरगञ्जमा अमृत महोत्सवको अवसरमा भारतीय महावाणिज्य दूतावासले ‘प्रजातन्त्रको विशेष सन्दर्भमा शासनमा संविधानको सान्दर्भिकता’ बारे शुक्रबार छलफल गरेको छ ।

जनकपुरधाम, १२ मंसिर । प्रदेश नं. २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले स्वास्थ्य सेवा सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।

रुपन्देही, १२ मंसिर । जिल्लाको सिद्धार्थनगर नगरपालिका–७ बर्मेली चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ ।

काठमाडौं, १२ मंसिर । कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ । यो भेरिएन्ट पछिल्लाभन्दा बढी खतरनाक देखिएको विज्ञहरु बताउँछन् । हालसम्म बनका खोप प्रभावकारी नहुने विज्ञहरुको अध्ययनले देखाएको छ ।

काठमाडौं, १२ मंसिर । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको राजीनामा माग गर्दै वडाअध्यक्षहरु काठमाडौं आइपुगेका छन् ।

कैलाली, १२ मंसिर । प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष बीपी साहले जनमत पार्टीले पूर्वी मधेश कब्जा गरिसकेको बताउँदै अब थरुहट–थारुवान पनि कब्जा गर्ने दाबी गरेका छन् ।

रुपन्देही, ११ मंसिर । सत्तारुढ नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा गृहमन्त्री बालकृष्णका भाइ रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन् । 

चितवन, ११ मंसिर । नेकपा एमालेको जारी १०औं महाधिवेशनको बन्दसत्रमा भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर सिंहले कम्युनिष्ट एकता आवश्यक रहेको बताएका छन् । 

ट्रेन्डिङ