पर्सा, २९ पुस । वीरगञ्ज महानगरपालिका–३ छप्कैया बस्ने भारत बिहार जिल्ला वैशाली ग्रामपञ्चायत महुवा घर भएका ई–रिक्सा चालक ४५ वर्षीय मुख्तार मियाँको हत्या गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी, २९ पुस । कोशी गाउँपालिका–३ कोशीटप्पु जाने सडकमा हाल नम्बर नखुलेको ट्याक्टरको ट्रलीमा उखु लोड गरी डोरी बाध्ने क्रममा ट्रली पल्टिएर किच्दा सोही ठाउँ बस्ने ४० वर्षीय कुमार उराउको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ  । 

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक को.१ च ३६४४ नम्बरको भेन र ना.१३ प ७६३२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–४ बस्ने २१ वर्षीय पवन लिम्बुको मृत्यु भएको छ ।

पर्सा, २९ पुस । वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट करिब १० किलो अवैध लागूऔषध चरेशसहित एक महिला पक्राउ परेकी छन् ।

सुनसरी, २९ पुस । ईनरुवा नगरपालिका–३ महेन्द्रचोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित हरिनगरा गाउँपालिका–७ घुस्की बस्ने २२ वर्षीय सविर मियालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं, २९ पुस । मधेशी नागरिक समाजका अध्यक्ष गणेश मण्डलले छिमेकी राष्ट्र चीनले नेपालको राजनीतिमा खुल्लमखुल्ला हस्तक्षेप गरिरहेको बताएका छन् । 

काठमाडौं, २९ पुस । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले छिमेकी राष्ट्र चीनले नेपालमाथि अघोषित नाकाबन्दी गरेको बताएका छन् ।

रौतहट, २८ पुस । गौर नगरपालिका–८ पुरेनवास्थित रधुनाथ साहको गोठमा बालेको घुरबाट आगलागी हुँदा १२ चौपाया जलेका छन् ।

कपिलवस्तु, २८ पुस । बाणगंगा नगरपालिका–१ बैरियास्थित सडकमा लु.६९ प ७४७८ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

बाँके, २८ पुस । बैजनाथ गाउँपालिका–३ स्थित सडकबाट सोही ठाउँ बस्ने ३३ वर्षीय पिलावर शाही लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तु, २८ पुस । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेको अभियोगमा भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम चमार भन्ने सिकन्दर चमारलाई घटनाको ७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, २८ पुस । राष्ट्रिय एकता अभियानले चिनियाँ हस्तक्षेपविरूद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघरमा भएको प्रदर्शनको क्रममा नेपालका लागि चिनियाँ राजदूतविरूद्ध चर्को नाराबाजी पनि लगाइएको छ । 

काठमाडौं, २८ पुस । चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरिरहेको भन्दै स्वतन्त्र नागरिक समूहले विरोध प्रदर्शन गरेको छ ।

काठमाडौं, २८ पुस । ‘चिनियाँ सरकार मुर्दावाद’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । 

जनकपुरधाम, २८ पुस । प्रदेश २ सरकारको केबिनेटले सर्लाहीका सतार अन्सारीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सतार अन्सारीलाई नियुक्त गरेको छ ।

रुपन्देही, २७ पुस । सैनामैना नगरपालिका–८ बस्ने ३५ वर्षीय लाल प्रसाद पन्थीको मंगलबार बिहान स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ । 

बर्दिया, २७ पुस । ३००औं पृथ्वी जयन्तीको अवसरमा प्रदेश नं. २ का पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजले राष्ट्र निर्माता पृथ्वीनाराण शाहको पूर्ण कदको शालिक अनावरण गरेका छन् ।

वीरगंज, २७ पुस । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले संविधानअनुसार समयमा उपनिर्वाचन नगराउनु सरकारको असक्षमता रहेको बताएका छन् । 

धनुषा, २७ पुस । लक्ष्मीनिँया गाउँपालिका–७ भगवतीपुरस्थित जनकपुर उपमहानगरपालिका–४ बस्ने नवल मुडरकाको जानकी प्लाष्टिक उद्योगमा विद्युत सर्ट भई आगलागी भएको छ ।

काठमाडौं, २७ पुस । भारतीय राजदूतावास काठमाडौंले होटल ¥याडिसनमा विश्व हिन्दी दिवस मनाएको छ ।

नेपालगन्ज, २६ पुस । एक उद्घाटन कार्यक्रममा बाँके जिल्लाको नेपालगंज पुगेका संघीय कृषिमन्त्री महेन्द्र राय यादवलाई किसान आन्दोलनकारीहरुले लखेटेका छन् ।

रौतहट, २६ पुस । रौतहट जिल्लाको ईशनाथ नगरपालिका २ स्थित मनमोहन गेटबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैयाँसहित भारतमा घर बताउने ३९ बर्षिय संजय कुमार जैसवाललाई पक्राउ गरेको छ ।

रुपन्देही, २६ पुस । बुटवल उपमहानगरपालिका–७ दिपनगरस्थित सडकमा लु.११ प ७७२१ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक अर्घाखाँची सितगंगा नगरपालिका–४ घर भएका १८ वर्षीय सुरेन्द्र घर्ती क्षेत्रीको मृत्यु भएको छ । 

कैलाली, २६ पुस । टीकापुर नगरपालिका–७ सत्तीबाट सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश चौधरीलाई नियन्त्रित लागूऔषध ३५ क्याप्सुल स्पास्मो प्रोक्सिभन सहित प्रहरीले पक्राउ गरेको छ । 

सप्तरी, २६ पुस । बलिदानी दिवसको अवसरमा प्रदेश नं. २ को सरकारले मधेश आन्दोलनमा शहीद भएकाको परिवारलाई ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

ट्रेन्डिङ