कपिलवस्तु, २९ माघ । पछिल्लो समय कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि या स्वतन्त्र नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ ।

कपिलवस्तु, २९ माघ । बाणगंगा नगरपालिकामा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

सर्लाही, २९ माघ । बागमती नगरपालिका–८ बस्ने २५ वर्षीय रामु महतोको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।

धनुषा, २९ माघ । मिथिला नगरपालिका–६ ढल्केवरस्थित सडकमा प्र.२–०२–००३ प ६४७२ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको गाडीले शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १६ वर्षीय प्रेसिस थापाको मृत्यु भएको छ ।

बाँके, २९ माघ । डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई १ थान कटुवा पेस्तोल सहित जानकी गाउँपालिका–५ बुढियागाउँबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पर्सा, २८ माघ । पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ ईनर्वास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ५ सय ८३ वटा नाईट्रोभेट ट्याब्लेटसहित धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ३ बस्ने २२ वर्षिय जय बहादुर तामाङ्गलाई पक्राउ गरेको छ ।

कपिलवस्तु, २८ माघ । वाणगंगा नगरपालिका–७ बस्ने ४३ वर्षीय राम प्रसाद थारुको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।

मोरङ, २८ माघ । सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा चिया पसल गरी बस्ने सोही नगरपालिका–९ चन्दनखाँडी घर भएका सन्तोष कुमार दासको छोरा ३ वर्षीय खेम दासको सेफ्टी ट्याङकीमा डुबेर मृत्यु भएको छ ।

बाँके, २८ माघ । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चोकबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कोहलपुर नगरपालिका–५ रझेना बस्ने २२ वर्षीय सनिस केसीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

धनुषा, २८ माघ । जनकपुर उपमहानगरपालिका–६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी, माघ २८ । महोत्तरीको गौशालामा सुधार गृह बन्ने भएको छ । झन्डै ८४ लाख लागतमा बन्न लागेको सुधार गृह ६ महिनाभित्र तयार हुने निर्माणको जिम्मेवारी पाएको कम्पनी एसडी कन्स्ट्रक्सनले जनाएको छ ।

जनकपुरधाम, माघ २८ । मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा माओवादीको १० वर्षे जनयुद्धको क्रममा सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई जनही तीन लाख दिने तयारी गरेको छ।

जनकपुरधाम, माघ २८ । मधेश प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने भएको छ ।

जनकपुरधाम, माघ २८ । मधेश प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाउने भएको छ ।

काठमाडौं, २८ माघ । सरकारले २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचन मिति घोषणा भएसँगै दलहरु निर्वाचन केन्द्रित तयारी सुरु गर्न थालेका छन् ।

विराटनगर, २७ माघ । सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।

बाँके, २७ माघ । क्यासिनो सञ्चालन बापतको रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटललाई सरकारले बन्द गराएको छ ।

नेपालगञ्ज, २७ माघ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले सीमा नाकामा आफ्नो उपस्थितिलाई कडा बनाएको छ । सशस्त्र प्रहरी बलले बाँकेको ८४ किलोमिटर

महोत्तरी, २७ माघ । महोत्तरीको पिपरा गाउँपालिका–५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

रुपन्देही, २७ माघ । रुपन्देहीको सम्मरीमाइ गाउँपालिकका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) कार्यकाल सकिनै लाग्दा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जनकपुरधाम, २७ माघ । मधेश प्रदेश सरकारले ‘जनयुद्ध’का शहीद परिवारलाई आर्थिक सहयोग गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

इमरान खान, रुपन्देही, २७ माघ । जिल्लाको मर्चवारको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपा माओवादी केन्द्र पार्टीमा प्रवेश गर्ने तयारीमा छन् ।

वीरगन्ज, २७ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पर्साका प्रभावशाली नेता राजेशमान सिंहले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

काठमाडौं, २७ माघ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा समस्याबारे सरकारले अध्ययन गरेर मात्र आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।

रौतहट, २६ माघ । रौतहटको धरहरीमा २२४ घर परिवारलाई सिलिण्डर र चूल्हो वितरण गरिएको छ ।

ट्रेन्डिङ