जनकपुरधाम, ६ फागुन । मधेश प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो ।
महोत्तरी, ६ फागुन । नेपाली कांग्रेस महोत्तरीको विवादित वडा र क्षेत्रको अधिवेशन ८ फागुनमा हुने भएको छ ।
जनकपुरधाम, ५ फागुन । जनकपुरबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ ।
सप्तरी, ५ फागुन । सप्तरीमा लागु औषध कारोबारमा वृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ । पछिल्लो पटक २९ माघमा राजगढ गाउँपालिका– १ झुटकीका २४ वर्षीय शिवशंकर यादवलाई प्रहरीले लागु औषधसहित पक्राउ ग¥यो ।
महोत्तरी, ५ फागुन । जिल्लाको मध्यक्षेत्रका किसान अहिले सुर्ती खेतीबाट आफ्नो जीवनस्तर उकास्दैछन् । केही वर्षपहिलेसम्म हातमुख जोर्नै समस्या हुँदै आएका बलवा नगरपालिकाका किसानले सुर्ती खेतीमा लागेपछि आर्थिक अवस्थामा सुधार भएको बताएका हुन् ।
सर्लाही, ५ फागुन । सर्लाहीका इँट्टा व्यवसायीले इँट्टाको मूल्य बढाएका छन् । केही दिनअघिको बेमौसमी वर्षाले काँचो इँट्टामा ठूलो क्षति पुगेको भन्दै व्यवसायीले त्यसको भार उपभोक्तालाई बोकाएका हुन् ।
जनकपुरधाम, ४ फागुन । मधेश सरकारले आफ्नो चार वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेको छ । प्रदेश सरकारले नामाकरण र स्थायी राजधानी तोकिएको कार्यलाई महत्वपूर्ण राजनीतिक उपलब्धिको सूचीमा राखेको छ ।
मणि प्रसाद गैह्रे, कपिलवस्तु, ४ फागुन । जिल्ला सदरमुकाम तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन गरिएको छ ।
मोरङ, ४ फागुन । विराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्री बिक्रम थापा (गोदार) र उहाँकी धर्मपत्नी बिमला थापा तथा छोरी बेनिजा थापाद्वारा बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट प्रहरी पुरस्कारका लागि ५ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन् ।
मणि प्रसाद गैह्रे, कपिलवस्तु, ३ फागुन । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश विकासको गतिमा बढेको बताएका छन् ।
पर्सा, ३ फागुन । पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनरुवा ईलाकाबाट सशस्त्र प्रहरीले आठ वटा प्याकेटमा रहेको करीव ३ के.जी. ९ सय ग्राम चरेश बरामद गरेको छ ।
पर्सा, २ फागुन । वीरगंज महानगरपालिका–१४ गण्डक चोकबाट भारत मोतिहारी भुलाही रामगढ्वा बस्ने २२ वर्षीय जगत कुमार कुशवाहलाई नियन्त्रित लागूऔषधसहित पक्राउ गरिएको छ ।
कपिलवस्तु, २ फागुन । बुद्धभूमि नगरपालिका–४ बुड्ढीस्थित सडकमा नेपालगञ्जबाट बुटवलतर्फ जाँदै गरेको भे.१ ख २९५६ नम्बरको बसमा तार सर्ट भई आगलागी हुँदा बस पूर्णरूपमा जलेर क्षति भएको छ ।
बाँके, २ फागुन । जानकी गाउँपालिका–४ मुनिजर पुरुवास्थित चाँद इँटा भट्टा नजिकै पानी जम्मा हुने खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
रुपन्देही, २ फागुन । कञ्चन गाउँपालिका–३ हरैया बस्ने २६ वर्षीया चमेली थापाको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ ।
मोरङ, २ फागुन । आफ्नै आमा ७० वर्षीया चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, २ फागुन । वाणगंगा नगरपालिका–९ चौवा बस्ने ६० वर्षीय रामसमुज थारुलाई ५ थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, १ फागुन । भजनी नगरपालिका–६ महादेउलिस्थित सडकबाट ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, १ फागुन । बाणगंगा नगरपालिका–२ स्थित मनकामना सामुदायिक वनबाट २ थान भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १ फागुन । अवैध रुपमा ल्याउँदै गरेको करिब ४ हजार ८ सय ४० ग्राम सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित चिनिया नागरिक राहदानी नम्बर इजे०२४८१३१ बाहक ३६ वर्षीय झाङ लिलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर, २९ माघ । विराटनगरमा मैथिल ब्राहमण बटुकहरुको सामूहिक व्रतबन्धन (उपनयन) सम्पन भएको छ । मैथिल ब्राहमन सभा युवा समिति विराटनगर मोरङले आयोजना गरेको सो सामुहिक ब्रतबन्धन (उपनयन ) सम्पन भएको हो ।
महोत्तरी, २९ माघ । दुई महिनाभित्र बर्दिबास नगरपालिका बासी पानीको समस्याबाट मुक्त हुने नगरप्रमुख विदुर कार्कीले बताएका छन्।
विराटनगर, २९ माघ । मोरङको जहदा गाउँपालिका वडा नम्बर ३ ले स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल वितरण गरेको छ । जहदा गाउँपालिका वडा नम्वर ३ ले गाउँपालिका भरिका ४५ जना स्वास्थ्य स्वंयसेविकाहरुलाई साइकल वितरण गरेको हो ।
रौतहट, २९ माघ । रौतहटको मौलापुरमा तेस्रो मधानी महोत्सव मनाइने भएको छ । महोत्सव फागुन १७ महाशिवरात्रीको दिन मनाउने तयारी मौलापुर नगरपालिकाले गरेको छ ।