वीरगन्ज, १९ फागुन । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले तेस्रो ‘ओपन हाउस फर कन्सुलर गुनासो’ आयोजना गरेको छ ।
महोत्तरी, १९ फागुन । नेकपा माओवादी केन्द्रसहित सत्तागठबन्धनले एमसीसी पास गराएपछि माओवादी केन्द्र महोत्तरीले तीव्र असन्तुष्टि जनाएको छ ।
जनकपुरधाम, १९ फागुन । नेपालको कानूनमा २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था रहे पनि धनुषामा अझै बालविवाह भइरहेको छ ।
वीरगञ्ज, १९ फागुन । नेपालको आर्थिक नगरी रुपमा स्थापित पर्साको वीरगञ्ज महानगरपालिकाले, गौरवको परियोजना ‘उज्यालो वीरगञ्ज अभियान’ सञ्चालन गर्दै आएको छ ।
जनकपुरभाम, १९ फागुन । धनुषाका व्यवसायीहरुलाई नेपाल–भारतको सीमावर्ति क्षेत्रबाट सामान ल्याउन कठिनाई भईरहेको भन्दै धनुषाका सुरक्षा निकाय तथा सरोकारवालासँग गुनासो गरेका छन् ।
काठमाडौँ, १९ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सांसद प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ ।
काठमाडौं, १९ फागुन । भारतले युक्रेनमा रहेका आफ्ना नागरिकहरुको धमाधम उद्धार गरिरहेको छ । उसले पोल्यान्ड, हंगेरी, रोमानिया, मोल्डोभाबाट आफ्ना नागरिकलाई उद्धार गरी ल्याइरहेको छ ।
जनकपुरधाम, १९ फागुन । मिथिलाको महाकुम्भ भनिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा बिहीबारदेखि शुरु भएको छ ।
सर्लाही, १९ फागुन । दुई पक्षबीच विवाद बढेपछि नेपाली काँग्रेस सर्लाहीको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । क्षेत्र ४ अन्तर्गत बलरा नगरपालिकाको दुईवटा वडाबीच अधिवेशनलाई लिएर विवाद हुँदा जिल्ला अधिवेशन नै प्रभावित बनेको हो ।
काठमाडौं, १९ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको अध्यक्ष मनोनयन गरेको छ ।
काठमाडौं, १८ फागुन । वन्यजन्तु संरक्षणका विषयमा अनुभव आदान प्रदान गर्न नेपाल र भारतका अधिकारीका बीचमा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
जनकपुरधाम, १८ फागुन । तेस्रो संस्करणको जनकपुर साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा बिहीबारदेखि हुने सो महोत्सव यही फागुन २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
कैलाली, १८ फागुन । भारत सरकारको आर्थिक सहयोगमा जिल्लाको धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको उद्घाटन भएको छ ।
बर्दिया, १८ फागुन । बढैयाताल गाउँपालिका–८ सिमा नगरबाट करिब ३ ग्राम २ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बासगढी नगरपालिका–९ तोरैया
बाँके, १८ फागुन । डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट मेड इन यूएसए लेखेको १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, ९ राउण्ड गोली, १ थान खुडा र २ थान नोक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १७ फागुन । भारतीय राज्य गुजरातका मुख्यमन्त्री भुपेन्द्र रजनीकान्त पटेलसँग नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
जनकपुरधाम, १७ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले स्थानीय चुनावमा केही सिटमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन् ।
काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
काठमाडौं, १६ फागुन । जीटूजी व्यस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मल आपूर्तिका लागि नेपाल र भारत सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं, १६ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्नो २८ वटा भ्रातृ÷जनवर्गीय÷शुभेच्छुक संगठनहरु निर्माण र सञ्चालन गर्ने निर्णय गरेको छ ।
मोरङ, १६ फागुन । रंगेली नगरपालिका–२ कमल झोडा बस्ने राज कुमार भुजेलको भान्सा घरमा आगलागी हुँदा तीन जनाको घर जलेका छन् ।
रूपन्देही, १६ फागुन । तिलोत्तमा नगरपालिका–१३ स्थित भित्री सडकमा लु.४५ प ९९६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बाँके, १६ फागुन । बैजनाथ गाउँपालिका–५ गायत्री टोल बस्ने २८ वर्षीय याम बहादुर बिश्वकर्मा समेत ३ जनालाई दुर्लभ वन्यजन्तु चितुवाको १ थान छाला सहित प्रहरीले पक्राउ गरेको छ ।