जनकपुरधाम, १० चैत । नेपालका बेलायती राजदूत निकोला पोलिट जनकपुरधाम उप महानगरपालिका–१८ महुवास्थित शंकर आधारभूत विद्यालयका बालबालिकासँग रमाइलो अन्तरक्रिया गरेकी छन् ।
काठमाडौं, १० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले बिहीबार भारतको औपचारिक भ्रमणमा गएका छन् ।
जनकपुरधाम, १० चैत । मधेश प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ ।
रुपन्देही, ९ चैत । गृहमन्त्री बालकृष्ण खाँडले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीको उद्घाटन गरेका छन् ।
कपिलवस्तु, ९ चैत । शुद्धोधन गाउँपालिका–३ लवनी चोकबाट नियन्त्रित लागूऔषध ३७ पिस स्पास्मो र ६ पिस नाईट्रोभेट सहित एक युवक पक्राउ परेका छन् ।
विराटनगर, ९ चैत । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले वर्तमान गठबन्धन स्थानीय तहका साथै प्रदेश र संसदको निर्वाचनसम्म जानुपर्ने बताएका छन् ।
राजविराज, ९ चैत । नेकपा (एमाले)की केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य रञ्जु ठाकुरसहित सयौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
जनकपुरधाम, ९ चैत्र । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश सरकारबाट प्रदेश र स्थानीय सरकारका लागि हुन लागेको ओ एण्ड एममा दृष्टि विशेषज्ञहरुका लागी नयाँ दरबन्दी सिर्जना गर्ने बताएका छन् ।
नेपालगन्ज, ९ चैत । आसन्न स्थानीय चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग तीनवटा विकल्प रहेको नेता केशव झाले बताएका छन् ।
धनुषा, ९ चैत । मिथिला नगरपालिका–३ हरियरपुर बस्ने निर बहादुर थापा मगरकी छोरी २ वर्षीया स्नेहा थापा मगरको ना.४ ख २३८९ नम्बरको ट्रकको चक्काले किच्दा मृत्यु भएको छ ।
पर्सा, ९ चैत । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोईरीलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, ९ चैत । मधेश प्रदेशको प्रदेशसभाको बैठक पुनः स्थगन भएको छ । आज १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश स्थगन भएको जानकारी गराइएको छ ।
काठमाडौं, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रेल्वे अध्यादेश, २०७८ जारी गरेसँग जनकपुर–जयनगर रेल सेवा सञ्चालनको तयारी भइरहेको छ ।
रौतहट, ८ चैत । रौतहट जिल्ला पछिल्लो समय स्थानीय प्रशासनले विभिन्न षड्यन्त्र गरी निर्दोषलाई फसाउने काम गरेको भन्दै नेकपा एमाले रौतहट जिल्ला कमिटीले प्रदर्शन गरेको छ ।
कपिलवस्तु, ८ चैत । महाराजगंज नगरपालिका–२ गैडहवास्थित सडकमा बा.२ क ४३३९ नम्बरको बाटो दवाउने रोलर मेशिनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
वीरगन्ज, ८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जनकपुरधाम, ८ चैत । आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षित गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेश प्रदेशमा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । मंगलबारदेखि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम जनकपुरधाममा शुरु भएको हो ।
जनकपुरधाम, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री मन्त्रिपरिषद्मा हेरफेर भएमा हैसियतअनुसार मन्त्रालय माग गरेका छन् ।
झापा, ८ चैत । आसन्न स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै डा.सीके राउत नेतृत्वको जनमत पार्टी झापा जिल्लामा दर्ता भएको छ ।
काठमाडौं, ८ चैत । भोलि बुधबार तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट आयोजना हुन लागेको छ । भारतीय राजदूतावासको आयोजनामा काठमाडौंमा हुन गइरहेको अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) (International Entrepreneurship Conclave – Connect [IN]) को तेस्रो संस्करणको एक अभिन्न अङ्गको रुपमा रहेको छ ।
वीरगंज, ७ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समानुपातिक समावेशी निर्वाचन प्रणाली आवश्यक रहेको बताएका छन् । उनले वर्तमान निर्वाचन प्रणाली महँगो भएकोले यसलाई बदल्नुपर्ने कुरामा जोड दिएका छन् ।
काठमाडौं, ७ चैत । नेपालको संविधानको धारा २६२ अनुसार गठित संवैधानिक आयोगको रुपमा रहेको मधेशी आयोगको तेस्रो वार्षिकोत्सव एक कार्यक्रम बीच सम्पन्न भएको छ ।