कैलाली, १५ बैशाख । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिकामा नगर प्रमुखका लागि दश जना र उपप्रमुखमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपालगन्ज, १५ बैशाख । गर्मी बढेसँगै पश्चिम तराईको नेपालगन्ज र यस आसपासका ग्रामीण बस्तीमा तातो हावा चल्न थालेको छ ।
विराटनगर, १६ बैशाख । केही पुराना र केही नयाँ कार्यक्रमसहित नेकपा एमालेले विराटनगर लक्षित प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
काठमाडौं, १५ बैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा बीमा प्रशिक्षक मार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रमसम्पन्न गरेको छ । उक्त कार्यक्रममा देशभरका १ हजार ३ सय ४५ सक्रिय अभिकर्ताहरुको सहभागीता रहेको थियो ।
काठमाडौं, १५ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले १८० भन्दा बढी पालिकामा विभिन्न पदमा उम्मेदवारी दिएको छ ।
काठमाडौं, १४ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले विभिन्न प्रतिबद्धता सार्वजनिक गरेको छ ।
कैलाली, १४ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि कैलाली जिल्लामा तीन हजार तीन सय ७४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
काठमाडौं, १४ बैशाख । सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठकले गठबन्धन भित्रका दलहरूले बैशाख ३० मा सम्पन्न हुने निर्वाचनमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्न र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्न निर्देशन दिएको छ ।
काठमाडौं, १४ बैशाख । सरकारले आगामी जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बारा, १४ बैशाख । कलैया उपमहानगरपालिका–१० लिलकन्ठवा हनुमान मन्दिर अगाडिबाट करिब २ सय केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, १४ बैशाख । चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका तथा कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट ईलाज गर्नको लागि ईजाजतपत्र प्राप्त समेत नगरी क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज, १४ बैशाख । राष्ट्रिय एकता अभियानले वीरगन्जमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सम्झौताको विरोध गर्दै चीनविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरुले बीआरआई सम्झौता राष्ट्रघाती भएको भन्दै प्रदर्शन गरेको हो ।
काठमाडौं, १३ बैशाख । भारतले शनिबार एक सभामा एकैसाथ ७८ हजार २२० राष्ट्रिय झण्डा फहराएर विश्व कीर्तिमान बनाएको छ।
काठमाडौं, १३ बैशाख । सडक विभाग, मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) तथा मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) का प्रतिनिधिहरूले मंगलबार एक समारोहबीच सडक विभागमा निर्माण गरिएका प्रयोगशालाहरूको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
रुपन्देही, १३ बैशाख । बुटवल उपमहानगरपालिका–६ बिपि चोकस्थित दिल बहादुर सुनारको गुल्मेली मजुवा सुनचाँदी पसलबाट करोडौंको धनमाल चोरी भएको छ ।
कपिलवस्तु, १३ बैशाख । कपिलबस्तु नगरपालिका–४ गोपालपुरस्थित सडकमा यूपि ५५ एक्स ९१८० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय पंचम अहिरको मंगलबार बिहान मृत्यु भएको छ ।
वीरगन्ज, १३ बैशाख । मधेश प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा २२ जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।
वीरगन्ज, १३ बैशाख । मधेश आन्दालनको शहिदपत्नी विनिता साह कलवारले विवेकशील साझा पार्टीबाट वीरगन्ज महानगरपालिकाको वडा न.१६ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् ।
वीरगन्ज, १३ बैशाख । समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेता वडा २२ मनियारीका पवन यादवको नेतृत्वमा २० जना युवाहरुको समूह नेकपा एमालेमा प्रवेश गरेका छन् ।
वीरगन्ज, १३ बैशाख । वीरगन्ज महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेद्वारी दिएकी लोकतान्त्रिक समाजवादी पार्टी नेपालीकी नेतृ रम्भा मिश्राले पार्टीले धोका दिएको बताएकी छन् ।
एजेन्सी, १३ बैशाख । पाकिस्तानको सिन्ध प्रान्तमा माग गर्दै प्रदर्शन भएको छ । प्रदर्शनकारीरुले बलजफ्ती धर्म परिवर्तन र वेपत्ता पार्ने गतिविधिविरुद्ध प्रदर्शन गरेका हुन् ।
जलेश्वर, १२ बैशाख । तराई–मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट जलेश्वर नगरपालिका वडा नं. ४ को अध्यक्षका लागि अर्पण कुमार कर्णले उम्मेद्वारी दर्ता गराएका छन् ।
वीरगन्ज, १२ बैशाख । मधेश प्रदेशको एक मात्र महानगर वीरगन्जमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट मेयरका लागि राजेशमान सिंहले दलबलसहित मनोनयन दर्ता गराएका छन् ।
जनकपुरधाम, १२ बैशाख । एमालेबाट टिकट नपाएपछि जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्रबाट जानकीराम साहले उम्मेदवारी दर्ता गराएका छन् ।