काठमाडौं, २ जेठ । लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँगै उनका समकक्षी मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रुपन्देही, २ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘अनररी डक्टरेट’ अर्थात् मानार्थ महाविद्यावारिधिबाट सम्मानित गर्ने तयारी गरेको छ ।

काठमाडौं, २ जेठ । लुम्बिनीमा हुने भेटमा प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र नरेन्द्र मोदीबीच देउवाको पछिल्लो भारतका सहमति कार्यान्वयनबारे छलफल हुनेछ ।

काठमाडौं, २ जेठ । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनीमा २५६६ औं बुद्ध जयन्तीको अवसरमा आउन लागेका छन् ।

जनकपुरधाम, १ जेठ । वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीले जनकपुरधाम उपमहानगरपालिकाबाट आफ्नो खाता खोलेको छ ।

सिरहा, १ जेठ । मधेश प्रदेशका पूर्वराज्यमन्त्री सुरेश मण्डलको गृह वडामा जनता समाजवादी पार्टी नेपालको प्यानलै विजयी भएको छ ।

कैलाली, १ जेठ । रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीका टीकापुर नगरपालिका वडा नं. ५ का अध्यक्षका उम्मेद्वारसहित प्यानल विजयी भएका छन् ।

जनकपुरधाम, १ जेठ । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै रहेको छ ।

वीरगन्ज, ३१ बैशाख । मधेश प्रदेशको एक महानगर पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ ।

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकामा ३०० मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ७२ मत ल्याएर अग्रता लिएका छन् ।

काठमाडौं, ३१ बैशाख । देशको संघीय राजधानी काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

काठमाडौं, ३० बैशाख । देशैभर शुक्रबार स्थानीय निर्वाचन हुँदैछ । नयाँ संविधान बनेपछि दोस्रो पटक स्थानीय निर्वाचन हुन लागेको हो । यसअघि २०७४ मा तीत चरणमा स्थानीय निर्वाचन भएको थियो ।

रौतहट, २९ बैशाख । स्थानीय तह निर्वाचनका लागि रौतहटसहित सर्लाही र महोत्तरीसँग जोडिएको नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द गरिएको छ ।

कपिलवस्तु, २९ बैशाख । महाराजगंज नगरपालिका उपमेयरमा नेपाली कांंग्रेसले रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट उपमेयरको उम्मेदवारी दिएकी निवर्तमान उपमेयर शोभावती कुर्मीको निधन भएको थियो ।

पर्सा, २९ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी वीरगञ्जमा जिल्लामा शान्ति सुरक्षाको व्यवस्था चुस्तदुरुस्त पारिएको स्थानीय प्रशासनले जनाएको छ ।

रुपन्देही, २९ बैशाख । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कैलाली, २९ बैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी कैलालीमा लगभग पुरा भएको छ ।

नेपालगञ्ज, २९ बैशाख । नेपालगञ्ज नाका मंगलबार राति १२ बजेदेखि सील गरिएको छ । चुनावलाई मध्यनजर गर्दै नाका सील गरिएको हो ।

मोरङ, २९ बैशाख । स्थानीय तह निर्वाचनमा मतदान गर्ने समय नजिकिँदै गइरहेको बेलामा मोरङको कानेपोखरी गाउँपालिका–२ दलेलीमा बुधबार कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

जनकपुरधाम, २९ बैशाख । मधेश प्रदेश कोरोना संक्रमण मुक्त प्रदेश बनेको छ । मधेश प्रदेशका आठवटै जिल्लामा संक्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश संक्रमणमुक्त बनेको हो ।

सिरहा, २९ बैशाख । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका एक जनाको मृत्यु भएको छ । नेकपा एमालेबाट सिरहा नगरपालिका ५ का वडा सदस्यका उम्मेदवार ६५ वर्षीय मुना सेखको मृत्यु भएको हो ।

महोत्तरी, २९ बैशाख । स्थानीय निर्वाचनमा मतदानको मिति नजिकिँदै गर्दा दलहरुको व्यस्तता र छटपटी झनै बढेको छ । मतदानको दिन एक दिनमात्र बाँकी छँदा दलका नेता र उम्मेदवारले घरघरै मतदाता भेट्ने क्रम झनै तीव्र बनाएका छन् ।

काठमाडौं, २८ बैशाख । सरकारले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने भएको छ । चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि लगानीकर्ता खोजिरहेको यो आयोजना भारतलाई दिने गरी तयारी भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले नै बताएका छन् ।

काठमाडौं, २८ बैशाख । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका निवर्तमान मेयर र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य चन्दा चौधरमाथि आक्रमण एवं दुर्व्यवहार भएको छ ।

ट्रेन्डिङ