काठमाडौँ, १५ जेठ । सरकारले 'एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम ल्याएको छ । 

बजेट वक्तव्य : निशुल्क मिर्गौला प्रत्यारोपण, सुत्केरीलाई पोषण भत्ता अनि २ लाख जनालाई रोजगारी

कैलाली, १५ जेठ । कैलालीको धनगढीस्थित मोहना नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

काठमाडौँ, १५ जेठ । सरकारले गणतन्त्र दिवको अवसरमा गौर कारागारका आठ कैदीलाई आममाफी दिएको छ । 

काठमाडौँ, १५ जेठ। तारा एयरको जहाज सम्पर्कविहीन भएको छ ।

रौतहट, १५ जेठ । जिल्लाको मौलापुर नगरपालिकाको कार्यपालिका सदस्यमा आठै जना उम्मेदवार निर्विरोध चयन भएका छन् । आठैजना उम्मेदवार नेकपा एमालेका हुन् ।

बाँके, १४ जेठ । नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट करिब २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।

दाङ, १४ जेठ । लमही नगरपालिका–१ गौराह भन्ने जंगलमा सिकार खेल्न गएको अवस्थामा भरुवा बन्दुक पड्किँदा सोही नगरपालिका गौराह बसन्तपुर बस्ने २३ वर्षीय कालुराम घर्ती मगरको मृत्यु भएको छ ।

काठमाडौं, १४ जेठ । शिव शिष्य/शिष्याको संगोष्ठी सम्पन्न भएको छ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा शनिबार सम्पन्न संगोष्ठी कार्यक्रममा सात सयभन्दा बढी शिव शिष्य/शिष्याहरुको उपस्थिति रहेको थियो ।

काठमाडौँ, १३ जेठ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।

सर्लाही, १३ जेठ । चन्द्रनगर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राज कुमार महतोले पदभार ग्रहण गर्दै चन्द्रनगर गाउँपालिकामा रहेको छोरीहरुले उच्च शिक्षा पूरा गरि २० बर्ष पारी विवाह गर्ने छोरीलाई सम्मान स्वरुप ५० हजार सहयोग गर्ने पहिलो निर्णय गरेका छन् ।

काठमाडौं, १३ जेठ । मानव उत्कर्ष नेपालका उपाध्यक्ष योगेन्द्र यादवले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

काठमाडौं, १३ जेठ । पूर्वप्रदेश प्रमुख एवं राजनीतिक विश्लेषक डा. राजेश अहिराजले क्षेत्री समाज राष्ट्रिय महासंघलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका छन् ।

काठमाडौं, १३ जेठ । भारतीय राजदूतावास काठमाडौंका कार्यवाहक राजदूत नामग्य सी खम्पाले भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमान्थाङ्ग गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन गरेका छन् ।

ललितपुर, १३ जेठ । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल दुर्घटना परी घाइते भएकी छन् । 

बारा, १३ जेठ । बाराको जितपुरसिमरामा ३५ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । 

रुपन्देही, १३ जेठ । रुपन्देहीको भलबारीस्थित तेल डिपोमा दुई वटा ट्याङ्करमा आगलागी भएको छ ।

सप्तरी, १३ जेठ । सप्तरीको छिन्नमस्तामा आगलागी हुँदा ६ वटा घर जलेका छन् । 

बारा, १३ जेठ । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएपछि बारामा प्रदर्शन भएको छ ।

धनुषा, १३ जेठ । मुटुसम्बन्धी रोगबाट पीडित धनुषाको कमला नगरपालिकाका एक सात वर्षीय बालकको उपचारका लागि परिवारले सहयोगको अपिल गरेको छ ।

जनकपुरधाम, १२ जेठ । पेट्रोलियम पदार्थमा गरिएका मूल्यवृद्धि फिर्ताको माग गर्दै जनकपुरधाममा बिहीबार पनि प्रदर्शन भएको छ ।

जनकपुरधाम, ११ जेठ । मधेश सरकारले ‘आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय’ को नाम परिवर्तन गरी ‘गृह तथा सञ्चार मन्त्रालय’ राखेको छ ।

कैलाली, ११ जेठ । कैलालीको धनगढीमा वृद्धभत्ता लिन लाइनमा बसेका एक वृृद्धको मृत्यु भएको छ ।

बर्दिया, ११ जेठ । बर्दियाको राजापुर नगरपालिकाले विभिन्न दलमा आबद्ध शिक्षक तथा कर्मचारीहरूलाई सात दिनभित्र दलीय आबद्धता त्याग्न निर्देशन दिएको छ ।

जनकपुरधाम, ११ जेठ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ ।

ट्रेन्डिङ