सिरहा, २३ भदौँ । सिराहा नगरपालिका–१३ मल्हनियाँदेखि धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठाल गाउँ जोड्ने गरी कमला नदीमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।

विराटनगर, २३ भदौँ । प्रदेश नं १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ ।

सर्लाही, २२ भाद्र । सर्लाही निर्वाचन क्षेत्र नं. ४ (क) बाट प्रदेशसभा सदस्य प्रत्यक्ष उम्मेद्वारका लागि युवानेता कामरेन्द्र वर्माको एकल नाम सिफारिस भएको छ ।

सर्लाही, २२ भाद्र । नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव सर्लाही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि सर्वसम्मतरुपले सिफारिस भएका छन् ।

सर्लाही, २२ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका युवानेता मनिष मिश्र सर्लाही निर्वाचन क्षेत्र नं. ४ (क) बाट समानुपातिक उम्मेद्वारको रुपमा सिफारिस भएका छन् ।

सिराहा, २२ भदौ । एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि सिराहाका चारवटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।

जनकपुरधाम, २२ भदौ । जग्गासम्बन्धी विवादका कारण राष्ट्रिय गौरवका आयोजनामध्येको निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषाको कमला–जनकपुर खण्डको काम प्रभावित भएको छ ।

धनुषा, २२ भदौँ । धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ ।

महोत्तरी, २२ भदौँ । जङ्गली हात्तीले महोत्तरीको बर्दिबास नगरपालिकाभित्र पाँच घर भत्काइदिएको छ ।

काठमाडौं, २२ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो विभिन्न चारवटा जिल्लाका चार निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि सिफारिस भएका छन् ।

काठमाडौं, २२ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि सिरफारिस भएका छन् ।

काठमाडौं, २२ भाद्र । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बारा, २२ भाद्र । सामाजिक परिवर्तन केन्द्र, काठमाडौंको सहजीकरणमा संचालित सदभाव परियोजनाअन्तर्गत फेटा गाउँपालिकामा रहेको अंचित मा.वि.का ५० जना विद्यार्थीहरुलाई कला मार्फत संवाद सहजीकरण बारे कार्यशाला सम्पन्न भएको छ ।

सप्तरी, २१ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेशसभा सदस्य उम्मेद्वारका लागि सप्तरी निर्वाचन क्षेत्र नं. २ (क) बाट नेपाल मधेशी निजामती कर्मचारी मञ्चका संस्थापक अध्यक्ष विनोद कुमार सिंह सिफारिस भएका छन् ।

जनकपुरधाम, २१ भदौँ । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

चितवन, २१ भदौ । चितवनमा जापानीज इन्सेफ्लाइटिसको महामारी देखिएको छ ।

काठमाडौं, २१ भदौ । हाल मनसुनको न्यून चापीय रेखा पूर्व तिर सरदर स्थानभन्दा केही उत्तरतर्फ र पश्चिम तिर सरदर स्थानको आसपास अवस्थित छ ।

इमरान खान, कपिलवस्तु, २१ भाद्र । निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा सरोज अर्याल निर्वाचित भएका छन् ।

जलेश्वर, २१ भाद्र । महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि नेपाली कांग्रेसले बजरंग नेपालीसहित तीन जनाको नाम सिफारिस गरेको छ ।

काठमाडौंं, २० भाद्र । पर्सा मिलन केन्द्र काठमाडौंको १८औं साधारण सभा सम्पन्न भएको छ । सम्पन्न सो साधारण सभाले ईन्जिनियर उमेशकुमार गुप्ताको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको छ ।

झापा, २० भदौ । झापामा एक जना १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

काठमाडौं, २० भदौ । भारतले करिब २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ, २० भदौँ । भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन् ।

धनुषा, २० भदौँ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ ।

ट्रेन्डिङ