काठमाडौं । भारत सरकारको सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेना गृह निर्माण हुने भएको छ ।

काठमाडौं । दलित समुदायमाथि उत्पीडन बढ्दै गएकोले त्यसलाई रोक्न तथा मुक्तिका लागि भन्दै राष्ट्रिय दलित गोलमेच सम्मेलन हुने भएको छ ।

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भटट्राईले वैदेशिक रोजगारीमा सिमित मेनपावरहरुको सिण्डीकेट हल्ला निराधार नरहेको बताएका छन् ।

दोहा, कतार । मधेशी एकता समाज, कतारको आयोजनामा दोहास्थित गोर्खाली रेस्टुरेन्टमा बकर ईदको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

महोत्तरी । तराई–मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप कुमार पाण्डेयलाई शिक्षा क्षेत्रमा नेतृत्व, पहल, योगदान र उल्लेखनीय प्रगति गरेकोमा प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)ले यस वर्षको उत्कृष्ट पालिका पुरस्कारबाट पुरस्कृत र सम्मानित गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)ले काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीका लागि संघर्ष गर्ने निष्कर्ष निकालेको छ । खानेपानीका लागि आजपाले आन्दोलनसहित संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, विशेषगरी देश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी समुदायलाई पवित्र ईदुल अझहाको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भ्रष्टाचारविरुद्ध राज्य निर्मम हुनुपर्ने बताएका छन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुस्लिम धर्मावलम्बीको महान् चाड बकर ईद (ईद–उल–अज्हा)को पावन अवसरमा मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन् ।

कपिलवस्तु । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल देशमा देखिएका सबै समस्याको मूल जरो वर्तमान संविधानमा रहेकोले यसलाई पुनर्लेखन गर्न माग गरेका छन् ।

काठमाडौं । संघीय हिन्दू गणतन्त्र स्थापनार्थ राष्ट्रिय एकता अभियानका युवा विभाग प्रमुख दिवस पटेल त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरअन्तर्गत प्राणीशास्त्र केन्द्रिय विभागको ’नेपाल प्राणीशास्त्र विद्यार्थी संघ’ (ZOOSAN) को चुनावमा अध्यक्ष पदमा विजयी भएका छन् ।

जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह जेठ २७ गते हुने भएको छ ।

पोखरा । रौतहटको मौलापुर नगरपालिका शिक्षा क्षेत्रमा उत्कृष्ट अवार्डबाट आज पुरस्कृत भएको छ । प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान)द्धारा मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै उत्कृष्ट अवार्डबाट पुरस्कृत गरिएको हो ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गरेका छन् ।

बाँके । कोहलपुरमा सरसफाई हिरो सम्मान सामुदायिक स्तरमा रहि कोहलपुर नगरपालिकालाई सरसरफाईयुक्त पालिका बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने एक सरसफाईकर्मीलाई सरसफाई हिरो सम्मान प्रदान गरिएको छ ।

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि रुसी महासंघका राजदूत एलेक्सी नोभिकोभले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपाल बर्दिया जिल्ला कार्यसमितिको एकताको प्रथम अधिवेशनको उद्घाटन गरेका छन् ।

जनकपुरधाम । मधेश प्रदेश सरकारले शुक्रबार संसद्मा नीति तथा कार्यक्रम ल्याउँदै छ । मधेशको प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

जनकपुरधाम । मधेश प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन मूल्यांकनको अन्तिम चरणमा पुगेको छ । यो मूल्यांकन एशियन डेभलपमेन्ट बैंक (एडीबी) को प्राविधिक सहयोगमा स्वमूल्यांकन विधिबाट अगाडि बढाइएको हो।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब ईमिरेटस (युएइ) जाने कामदारका लागि १ हजार दिराम भन्दा कम तलब सुविधा भए मागपत्र प्रमाणिकरण नहुने बताएका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका केन्द्रीय नेतृत्व लुम्बिनी प्रदेशका तीन वटा जिल्लाको अधिवेशन सम्पन्न गराउन नेपालगञ्ज पुगेका छन् ।

नेपालगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको षड्यन्त्रको शिकार गृहमन्त्री रमेश लेखक भएको बताएका छन् ।

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् ।

रौतहट । पूर्व–पश्चिमको महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का महासचिव मनिषकुमार मिश्रलाई केन्द्रीय प्रवक्ता पदमा मनोनयन गरेको छ ।

ट्रेन्डिङ