बुटवल, १६ असोज । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरेको छ ।
कपिलवस्तु, १६ असोज । मायादेवी गाउँपालिका–७ वनकसियाबाट ५ सय ग्रामको १० थान सुनका बाला, १६ ग्रामको १ थान सिक्री, ३५ लालको १ थान औंठी र नगद ८ हजार ९ सय २५ रुपैयाँ सहित २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १६ असोज । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महात्मा गान्धीले मानव सभ्यतालाई महान दर्शन दिएको बताएका छन् । गान्धी जयन्तीको अवसरमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले काठमाडौंमा आयोजना गरेको वेविनारमा बोल्दै मन्त्री ज्ञवालीले शान्ति र अहिंसाको लागि गान्धीबाट विश्वले महान दर्शन पाएको चर्चा गरे ।
काठमाडौं, १६ असोज । महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा नेपालस्थित भारतीय दूतावास काठमाडौँले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेको छ।
वीरगंज, १६ असोज । वडा प्रहरी कार्यालय श्रीपुरले कुटपिटमा संलग्नहरुलाई उन्मुक्ति दिएपछि प्रहरी प्रतिको जनविश्वास गुम्न थालेको छ ।
रौतहट, १६ असोज । मौलापुर नगरपालिका विपन्न तथा दलित परिवारको सहारा बनेको छ । प्रदेश नम्बर २ कै एकमात्र महिला स्थानीय तह प्रमुख रहेकी मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहको पहलमा स्थानीय दलितका लागि एकीकृत वस्ती र विपन्नका लागि निजी घर निर्माण गरिएको छ ।
काठमाडौं, १६ असोज । पुस्तौंदेखि चरम गरिबी, रोग, भोक, शोक, अन्याय, अभाव, अत्याचार र अमानवीय जीवन जिउन बाध्य मुसहर समुदायको समग्र उत्थानको लागि सन् २००९ देखि शक्तिहिनको सशक्तिकरण अभियान संचालन गरि रहेको भोरले यस अभियानलाई अझ बढी सशक्त र प्रभावकारी बनाउन प्रदेश तथा जिल्ला संयोजक तय गरेको छ ।
काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका नेता गगन थापाले चीनका लागि नेपाली राजदुतको अभिव्यक्ति सरकारको आधिकारिक धारणा हो की होइन भनि परराष्ट्र मन्त्रालायलाई सोधेका छन् ।
काठमाडौं, १५ असोज । चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले आपत्ति जनाएका छन् ।
पोखरा, १५ असोज । लकडाउनका कारण बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ ।
जनकपुरधाम, १५ असोज । प्रदेश २ मा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट सप्तरीको अग्निसाई कृष्णासवरन नगरपालिका ४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
काठमाडौं, १५ असोज । नेपाली भूमि मिचेको भन्दै सुर्खेत र बर्दियामा चीन विरुद्ध प्रदर्शन भएको छ । स्वतन्त्र युवाहरूको एक समूहले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमणको विरोधमा प्रदर्शन गरेको हो ।
जनकपुरधाम, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधामबाट घुससहित एक कार्यालय सहयोगीलाई पक्राउ गरेको छ ।
वीरगञ्ज, १५ असोज । आफूलाई प्रहरी निरीक्षक भन्दै पैसा असुली गर्ने एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।
वीरगञ्ज, १५ असोज । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरभित्रका पसलहरु बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने जनाएको छ ।
वीरगन्ज, १४ असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश २ को अध्यक्षमा आफ्नो दावेदारी गरेपछि दुई समूहबीच विवाद उत्पन्न भएको छ ।
काठमाडौं, १४ असोज । नेपाली कांग्रेसमा उपसभापति विमलेन्द्र निधिले हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको बिषयमा छानवीन नगरी सो भूमि चीनकै भएको भन्ने नेपाल सरकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन् ।
जनकपुरधाम, १४ असोज । कोरोना महामारीलाई मध्यनजर गर्दै स्थानीय प्रसाशनले धनुषा जिल्लामा यसवर्ष विजयी दशमीमा बली प्रदान गर्न रोक लगाएको छ ।
जनकपुरधाम, १४ असोज । धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको संघीय सांसदको टोलीले अध्ययन थालेको छ ।
जनकपुरधाम, १४ असोज । प्रदेश २ मा एकैदिन १ हजार दुई सय भन्दा बढी संक्रमित कोरोना मुक्त भएका छन् ।
काठमाडौं, १४ असोज । चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेको छैन ।
जनकपुरधाम, १४ असोज । नेपाल–भारत सीमा खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न संघसंस्थाहरुले ज्ञापनपत्र बुझाएका छन् ।