काठमाडौं, १४ असोज । जनता समाजवादी पार्टी निकट राष्ट्रिय विद्यार्थी संघले आमरण अनसनरत् सत्याग्रही डा.गोविन्द केसीको माग सम्बोधन गर्न माग गरेको छ ।
वीरगंज १४ असोज । विद्युत प्राधिकरण पर्साले लकडाउन अवधि भरको बिल महसुलको जरिवाना लिएको भन्दै गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले विद्युत प्राधिकरण तथा वितरण केन्द्र पर्सामा विरोध जनाउँदै ज्ञापन पत्र बुझाएको छ ।
सर्लाही, १३ असोज । जिल्लामा गैरकानुनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन् ।
वीरगञ्ज, १३ असोज । सुनचाँदी व्यवसायी महासंघ प्रदेश २ को निर्वाचनबाट अध्यक्षमा शिव कुमार सर्राफ सर्वसम्मतले निर्वाचित भएका छन् ।
नेपालगन्ज, १३ असोज । बाँके जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित दुई जनाको मृतयु भएको छ ।
वीरगंज, १२ असोज । पर्सा जिल्लाको हाल स्वास्थ्य अवस्था देखेर सरोकारवालाहरुको ध्यानाकर्षण भएको छ । पर्सामा अहिले उपचार नपाएर अस्पताल भौतारिनु परेकोले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले जिल्ला प्रशासन कार्यालय पर्साको ध्यानाकर्षण गराएको छ ।
काठमाडौँ, १२ असोज । नेपाल विद्यार्थी संघ (नेविसंघ)काले चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।
पर्सा, १२ असोज । वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले प्रमुख स्थलमार्गबाट मुलुक भित्रिने पर्यटकलाई वीरगन्ज नाकामा रोक्न नसकिएको बताएका छन् ।
जनकपुरधाम, १२ असोज । प्रदेश नं. २ को सरकारले प्रदेशमा प्राविधिक कर्मचारी भर्नाको बाटो खुल्ला गरेको छ ।
विराटनगर, १२ असोज । कोरोना संक्रमणको उच्च जोखिममा रहेको विराटनगरमा एकै दिन १३० जना संक्रमित फेला परेका छन् । मोरङ जिल्लामा यो संख्या हालसम्मकै सबभन्दा बढी हो ।
कैलाली, ११ असोज । धनगढी उपमहानगरपालिका–२ बोगटी चोकस्थित कृष्ण सिंहको घरमा तास खलिरहेको अवस्थामा नगद ९ जनालाई ७५ हजार २ सय १० रुपैयाँ र २ गड्डी तास सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी, ११ असोज । वराह नगरपालिका–१ कटहरे टोल बस्ने १२ वर्षीया बालिकाको चटपटेको निहुँमा हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, ११ असोज । जिल्लाको धनगढी उपमहानगरपालिका ९ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव सात लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
सर्लाही, ११ असोज । जिल्लाको मलंगवा नगरपालिका ५ स्थित भाटसार ईलाकाबाट आइतबार एपीएफ टोलीले ५० बोतल डाईलेक्स डिसी नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
जनकपुरधाम, ११ असोज । प्रदेश नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
हुम्ला, ११ असोज । चीनसँग जोडिएको सिमाना लिमी लाप्चा क्षेत्रको लोलुङजोङको भुभागमा चीनले एकतर्फी रुपमा भवन निर्माण गरेको स्थान नेपालकै भएको नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री जीवनबहादुर शाहीले बताएका छन् ।
जनकपुरधाम, ११ असोज । प्रदेश २ सरकारले प्रहरी समायोजन गर्न संघीय सरकारलाई पत्र पठाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय सरकारका गृहमन्त्री रामबहादुर थापालाई पत्र पठाएका हुन् ।
बाँके, ११ असोज । बाँकेमा ‘विहेबारी, बीस वर्षपारि’ भन्ने नाराको व्यावहारिक परिपालना समुदायस्तरमा गराउन सरोकारवाला निकायबीच थुप्रै चुनौती देखिएको छ ।
सिरहा, ११ असोज । सिरहाको मिर्चैया नगरपालिकाले आइतबारदेखि नगरका सबै विद्यालय सञ्चालन भएको छ । नगर शिक्षा समितिको बसेको बैठकलेसामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
रौतहट, ११ असोज । मेयर र उपमेयरबीचको विवादले रौतहटमा चार पालिकाको परिषद् हुन सकेको छैन । देबाही गोनाही, राजदेबी, कटहरिया र फतुवा बिजयपुर नगरपालिकाको परिषद् अझै हुन सकेको छैन ।
जनकपुरधाम, ११ असोज । प्रदेश २ सभाको बैठक बस्न नसक्दा करिब एक दर्जन विधेयक संसदीय समितिमै अड्किएका छन् । प्रदेश सभाको चौथो अधिवेशन गत ३१ असारमा सकिए पनि पाँचौँ अधिवेशन आह्वान भएको छैन ।
रौतहट, ११ असोज । लगातारको वर्षाका कारण रौतहट जिल्लामा सयौ विघा जग्गामा लगाइएको धानवाली डुबेका छन् । चार दिनसम्म परेको पानीले किसानहरुले आफ्नो खेतमा लगाएका धानवाली पानीमा डुबेको हो ।
बर्दिया, १० असोज । जनमत पार्टी बर्दियाले शनिबार चार वटा गाउँ इकाई समिति निम्न गठन गरेको छ । गुलरिया नगरपालिकाको वार्ड नम्बर ८ को आशापुरमा जगन्नाथ लोधको अध्यक्षयतामा २१ सदस्य गाउँ समिति गठन गरेको छ ।