वीरगञ्ज, ४ असोज । जनता समाजवादी पार्टी (जसपा)ले संविधान दिवसको विरोधमा वीरगञ्जमा प्रदर्शन गरेको छ ।
राजविराज, ४ असोज । संविधान दिवसको विरोधमा जनता समाजवादी पार्टीले शनिबार राजविराजमा गरेको कार्यक्रममा आसन ग्रहणको विषयलाई लिएर विवाद हुँदा कार्यकर्ताहरुबीच नै झडप भएको छ ।
काठमाडौं, ४ असोज । चिनियाँ जहाजका कारण नेपाल वायुसेवा निगम तनावमा परेको छ । विशेषगरी ६ वटा चिनियाँ जहाजले निगमको तनाव बढाएको हो ।
भैरहवा, ४ असोज । सीमा सुरक्षालाई व्यवस्थित गर्न सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीको रोहीणी गाउँपालिका–५ इमलिहवा (बुची) मा बोर्डर आउट पोस्ट (बीओपी) को स्थापना गरेको छ ।
काठमाडौं, ४ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारस्थित सुपौलबाट चल्न कोसी रेल महासेतुको उद्घाटन गरेका छन् ।
गौर, ४ असोज । रौतहटको गौर अस्पतालमा पीसीआर परीक्षण ल्याब स्थापना भएको छ । प्रदेश २ सरकारको सहयोगमा कोरोना भाइरस (कोभिड १९) को परीक्षणका लागि पीसीआर ल्याब स्थापना गरिएको हो ।
पर्सा, ४ असोज । कोरोनाको उच्च जोखिममा रहेको पर्सा जिल्लामा संक्रमणको दर निरन्तर घट्दै गएपछि नारायणी अस्पतालले जनरल सेवा शुरु गरेको छ ।
काठमाडौं, ४ असोज । देशको नयाँ संविधान अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान २०७२ जारी भएको पनि पाँच वर्ष पुरा भएको छ । प्रत्येक वर्ष असोज ३ गतेलाई संविधान दिवस मनाउने प्रचलनसँगै यसपटक पनि संघीय राजधानी, प्रदेश राजधानी, जिल्ला सदरमुकाम र स्थानीय तहहरूमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिदै छ । मधेशी दलले यस पटक पनि विगत झैं संविधान दिवसलाई कालो दिवसकै रुपमा स्मरण गर्दै छन् ।
काठमाडौं, ४ असोज । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको शनिबार साँझ औपचारिक उद्घाटन भएको छ ।
वीरगंज, ४ असोज । वीरगंज महानगरपालिका वडा नं. ८ अन्तर्गत रहेका सरसफाई कामदार पुरुष र महिलाहरुले वडालाई सफा सुथरा गर्नमा दिनोरात खटिरहेकालाई लत्ता कपडा सहयोग गरेका हुन् ।
बाँके, ४ असोज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बाँकेमा थप एकजना संक्रमितको शनिबार राति मृत्यु भएको छ ।
काठमाडौं, ४ असोज । विश्व हिन्दू परिषद् नेपालको गाउँपालिका स्तरीय समिति गठन भएको छ । विश्व हिन्दू परिषद नेपालले ओम प्रकाश मेहताको अध्यक्षतामा ११ सदस्य देवानगंज गाउँपालिका (सुनसरी) समिति गठन गरेको छ ।
काठमाडौं, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असोज ४ गते शहिद सुर्यनाथ रान यादवको स्मृति दिवस मनाउने भएको छ ।
वीरगन्ज, ३ असोज । संविधान दिवसको अवसरमा वीरगंज कारागारबाट १५ जना कैदिहरुलाई केही कैद मिन्हा गरी माफी दिई थुनामुक्त गरिएको छ ।
बुटवल, ३ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन् ।
काठमाडौं, ३ असोज । हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भूभागमा भवन निर्माण गरेको पाइएको छ । दुई देशको सिमानाभन्दा एक किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पु¥याएको छ ।
सर्लाही, ३ असोज । सर्लाहीको मलंगवामा हिन्दु र मुस्लिम समुदायबीचको सम्भावित झड्पलाई रोक्न स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
बाँके, ३ असोज । जनता समाजवादी पार्टी (जसपा) बाँकेले झण्डै ६ महिनादेखि बन्द रहेको नेपाल–भारत सीमानाका खोल्न सरकारसँग माग गरेको छ ।
महोत्तरी, २ असोज । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकालाई भारत सरकारको सहयोग एवं नेपाल भारत महिला मैत्री समाजको समन्वयमा बाढी पीडितहरुका लागि टेन्ट र त्रिपाल प्रदान गरिएको छ ।
वीरगंज, २ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी पर्साका ५१ जना जिल्ला कमिटी सदस्यहरुले अध्यक्ष प्रभु हजारालाई बैठक बोलाउन माग गरेका छन् ।
रौतहट, २ असोज । कोरोनाको नाउँमा रौतहटको स्थानिय तहले करोडौं करोड खर्च गरेको रकमको विवरण सार्वजनिक गर्न ढिलाई गरेका छन् । स्थानीय तहले कोरोनाको नाममा ठूलो धनराशी खर्च गरेको भन्दै स्थानीय स्तरमा आलोचना हुन थालेको छ ।
काठमाडौं, २ असोज । १३ विद्यार्थी संगठनहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई ४ बुँदे मागसहित सातदिने अल्टिमेटम दिएका छन् ।
काठमाडौं, २ असोज । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत सीमा क्षेत्रका बारेमा विद्यालय तहमा नै पठनपाठन हुने भएको छ ।
जनकपुरधाम, २ असोज । सशस्त्र प्रहरीले सीमा सुरक्षामा जनशक्ति बढाउँदै प्रदेश २ मा थप गण सञ्चालनमा ल्याएको छ ।