1/5/2020

बाँके, २० पुस । नेपालगंज उपमहानगरपालिका–२० राँझा चोकस्थित सडकमा शनिबार दिउँसो भे.१ त ३२३० नम्बरको ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

1/5/2020

पर्सा, २० पुस । बीरगंज महानगरपालिका–८ बसपार्कस्थित होटल साह प्याराडाईजबाट सोही महानगरपालिका–१६ नगवा बस्ने २९ वर्षीय रियाज देवानलाई नक्कली भारतीय नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

1/5/2020

वीरगंज, २० पुस । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) पर्साको आयोजना तथा क्यान महासंघ प्रदेश २ को संयोजकत्वमा प्रदेशस्तरीय सूचना, प्रविधि र सञ्चारको व्यापकतालाई समेट्ने गरी वीरगंजमा ५ दिने सूचना प्रविधि प्रर्दशनी क्यान इन्फोटेक २०२० आयोजना हुन गइरहेको छ ।

1/5/2020

काठमाडौं, २० पुस । काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२२ चिनियाँलाई देश निकाला गर्ने तयारी गरेको छ ।

1/5/2020

काठमाडौं, २० पुस । पीडित उखु किसानहरुको संघर्षमा प्रत्यक्ष/अप्रत्यक्ष साथ दिने सञ्चार जगत्, सामाजिक संघसंस्था, नागरिक समाज, राज्यका प्रतिनिधिलगायत सम्पूर्ण पक्षप्रति उखु किसान संघर्ष समिति सर्लाहीले आभार प्रकट गरेको छ ।

1/5/2020

काठमाडौं, २० पुस । कोंकण रेलवे कर्पोरेसनले माघ १ गते नेपालका लागि रेल पठाउने भएको छ । कोंकणले नेपालका लागि बिक्री गर्ने रेल तयार पारिसकेको छ ।

1/5/2020

काठमाडौं, २० पुस । तेस्रो मुलुकसँगको व्यापारमा लामो समयदेखि एक्लो विकल्प कोलकाता बन्दरगाह अब नेपालका लागि मुख्य ‘ट्रान्जिट पोर्ट’ रहेन । कोलकाताको स्थान विशाखापटनम्ले लिन थालेको छ ।

1/5/2020

डडेल्धुरा, २० पुस । हिमपात भएपछि डडेल्धुरामा हिउँ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

1/5/2020

कञ्चनपुर, २० पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल–भारतबीको सीमा विवाद तत्काल टुंग्याउनुपर्ने बताएका छन् ।

1/4/2020

धनुषा, १९ पुस । जनकपुर उपमहानगरपालिका–६ स्थित सडकमा ना.१ क ४५०९ नम्बरको टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

1/4/2020

मोरङ, १९ पुस । विराटनगर महानगरपालिका–१२ स्थित आईतबारे चोकबाट लागूऔषध ब्राउनसुगर जस्तो पदार्थ करिब ३ ग्राम ५० मिलिग्राम सहित एक जना पक्राउ परेका छन् ।

1/4/2020

वीरगंज, १९ पुस । नेपाल कम्युनिष्ट पार्टी वीरगंज महानगर कमिटीको आयोजनामा वडा नं. ५ रेशमकोठीमा नेकपाका जिल्ला सदस्य सुशिल सिंह क्षेत्रीको अध्यक्षतामा वडा भेला सम्पन्न भएको छ ।

1/4/2020

बुटवल, १९ पुस । समाजवादी पार्टीको रुपन्देहीस्थित बुटवल उपमहानगर समिति समायोजन गरिएको छ ।

1/3/2020

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि भारतका राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का वरिष्ठ नेता डिपी त्रिपाठीको अन्त्येष्टिमा सहभागी भएका छन् ।

1/3/2020

काठमाडौं, १८ पुस । अन्नपूर्ण सुगर मिलले उखु किसानको सबै बक्यौता रकम एक महिनाभित्र तिर्ने लिखित प्रतिबद्धता गरेको छ ।

1/3/2020

कपिलवस्तु, १८ पुस । नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु–३ का निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

1/3/2020

रौतहट, १८ पुस । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा गुजरा नगरपालिका–५ हरिहरपुर बस्ने ६० वर्षीय महेन्द्र साहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

1/3/2020

सुनसरी, १८ पुस । ईटहरी उपमहानगरपालिका–८ कदमा टोलबाट पेस्तोल १ थान र गोली ५ राउण्ड सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

1/3/2020

काठमाडौं, १८ पुस । भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनाराययण अर्यालले नेपाल भ्रमण वर्ष २०२० मा नेपालको भ्रमण गर्न भारत, भूटान र बङ्गलादेशका नागरिकलाई आह्वान गरेका छन् ।

1/3/2020

काठमाडौँ, १८ पुस । आन्दोलनरत उखु किसानहरूले आफूहरूको सम्पूर्ण बाँकी रकम भुक्तानीको लिखित प्रतिबद्धता माग गरेका छन् ।

1/2/2020

काठमाडौं, १७ पुस । नेपालविज्ञ भारतीय नेता डीपी त्रिपाठीको ६७ वर्षको उमेरमा निधन भएको छ । भारतको राजधानी नयाँदिल्लीमा उनको निधन भएको हो ।

1/2/2020

काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले नेपाल भारतबीचको सीमा विवादले दुई देशबीचको सम्बन्धमा असर पार्न नहुने तर्फ सरकारलाई सचेत गराएका छन् ।

1/2/2020

जनकपुरधाम, १७ पुस । भारत सरकारका केन्द्रीय संस्कÞृति तथा पर्यटन राज्यमन्त्री प्रह्लाद पटेल जनकपुर भ्रमणमा आएका छन् ।

1/2/2020

काठमाडौं, १७ पुस । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी र सुस्ताको विवाद कूटनीतिक पहलबाटै हुने बताएका छन् । राष्ट्रियसभाको बैठकमा बोल्दै ज्ञवालीले सीमाको विवाद समाधान गर्ने पक्षमा नेपाल र भारत दुवै सरकार सकारात्मक भएको बताए ।

1/2/2020

काठमाडौं, १७ पुस । भारतले नेपालसँगको सीमा विवादबारे वार्ता भइरहेको जनाएको छ । भारतीय विदेश मन्त्रालयले कालापानीलगायत सीमाका विवादबारे नेपालसँग वार्ता चलिरहेको उल्लेख गरेको छ ।

ट्रेन्डिङ