10/29/2018

झापा, ११ कार्तिक । बिर्तामोडस्थित एनएमबी बैंकबाट आइतबार अपराह्न एक व्यक्तिको रु १७ लाख लुटिएको छ ।

10/28/2018

राम नारायण पंडित, सिरहा, ११ कार्तिक । नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ गरेको छ ।

10/28/2018

दिनेश ठाकुर, नेपालगञ्ज, ११ कार्तिक । बाँकेको नरैनापुरमा नेपाली सिमा सुरक्षाको लागि सशस्त्र प्रहरी बलको बिओपी स्थापना गरिएको छ ।

10/28/2018

राकेश यादव, रौतहट, ११ कार्तिक । रौतहट जिल्लाको ९ वटा स्थानीय तहसित समुदाय प्रहरी साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।

10/28/2018

काठमाडौं, ११ कार्तिक । भारतको दिल्लीमा यस वर्ष हुन लागेको अन्तर्राष्ट्रिय रामायण मेलामा सहभागी हुन नेपालको तर्फबाट मिथिला नाट्यकला परिषद (मिनाप) को टोली भारतको नयाँदिल्ली पुगेको छ ।

10/28/2018

महोत्तरी, ११ कार्तिक । गौतम होटल बर्दिबास महोत्तरीका प्रबन्धक हिरा गौतमले क्रिकेट खेलाडीहरुलाई एक लाख रुपैयाँ बराबरको खेल समग्री प्रदान गरेका छन् ।

10/28/2018

जनकपुरधाम, १० कार्तिक । प्रदेश नं. २ का विद्यार्थीहरुलाई अध्ययनका लागि अन्यत्र जानु परेकोमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले चिन्ता व्यक्त गरेका छन् ।

10/28/2018

दिनेश ठाकुर, नेपालगञ्ज, १० कार्तिक । बाँकेको जानकी गाउपालिका वडा नं ३ रमवापुरमा ५० दिने शिशुको निधन भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

10/28/2018

रुपन्देही, १० कार्तिक । बुटबलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले काठमाण्डौं बाहिर सबैभन्दा बढि क्षमताको १ सय २८ सलाईसको आधुनिक सिटीस्क्यान मेशिनबाट सेवा सुरु गरेको छ ।

10/28/2018

दिनेश ठाकुर, नेपालगञ्ज, ९ कार्तिक । सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईको विशेष पहलमा भेरी अञ्चल अस्पताल नेपालगन्जमा विरामीहरुका लागि इन्डोर ब्लक निर्माण हुने भएको छ ।

10/28/2018

काठमाडौं, ९ कार्तिक । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम यचुरीले चन्द्रागिरी केबलकारको शुक्रबार अनौपचारिक भ्रमण गरेका छन् ।

10/28/2018

कपिलवस्तु, ९ कार्तिक । कपिलवस्तुको मायादेवी गाउँपालिकाले विद्युत चुहवाट कम गर्नका लागि आफ्नै गाउँपालिका स्तरीय समिति बनाउन लागेको छ ।

10/28/2018

दिनेश ठाकुर, नेपालगञ्ज, ८ कार्तिक । वडा प्रहरी कार्यालय नेपालगञ्जको सक्रियतामा एक ब्यक्तिले आप्mनो हराएको मोटरसाईकल फिर्ता पाएका छन् ।

10/26/2018

रुपन्देही, ८ कार्तिक । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले कृषिमा लगानी गर्नसके आर्थिकस्तर सुदृढ हुनसक्ने बताएका छन् ।

10/26/2018

कैलाली, ८ कार्तिक । सङ्घीय सरकारको निर्णयानुसार सुदूरपश्चिम प्रदेशका छ जिल्लामा कृषि ज्ञान केन्द्र र पाँच जिल्लामा पशु सेवा विज्ञ केन्द्र स्थापना गरिएको छ ।

10/26/2018

जनकपुरधाम, ८ कार्तिक । जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयको कक्षाकोठा तथा पर्खाल भत्काएको भन्दै विरोधमा सडकमै पठनपाठन गराएको छ ।

10/26/2018

बुटवल, ८ कार्तिक । बुटवल उपमहागरपालिकाले शुरु गरेको सहुलियतमा घर नक्शा डिजाइनको सेवा लिएका सेवाग्राहीलाई सम्मान गरेको छ ।

10/26/2018

विराटनगर, ८ कार्तिक । भारतीय नेपालीभाषी साहित्यकारको सम्मानमा कविगोष्ठी आयोजना गरिएको छ ।

10/24/2018

सप्तरी, ७ कार्तिक । प्रदेश २ का प्रहरी प्रमुख दिनेश अमात्यले काचनमा नवनिर्मित प्रहरी भवनको एक समाहरोहबीच उद्घाटन गरेका छन् ।

10/24/2018

बाँके, ७ कार्तिक । ज्याला वृद्विको माग गर्दै बाँके जिल्लाको खजुरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र (नार्क) मा कार्यरत दैनिक ज्यालादारी मजदुर आन्दोलनमा उत्रेका छन् ।

10/24/2018

काठमाडौँ, ७ कार्तिक । पोखरामा यसै साताबाट शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि एक्स्पर्ट धनगढी ब्लुजले सम्पूर्ण तयारी पूरा गरेको छ ।

10/24/2018

सप्तरी, ७ कार्तिक । दुई पक्षबीचको झडपका कारण सप्तरीको बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाडेका छन् । पुरुष गाउँ/घर छाडेर भागेपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए ।

10/24/2018

नवलपरासी, ७ कार्तिक । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्न थालिएको छ ।

10/24/2018

पर्सा, ७ कार्तिक । वीरगञ्जबाट प्रकाशन हुने ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक– सम्पादक धीरज दारुकामाथि एक महिलाले तेजाब प्रहार गरेकी छन् ।

10/24/2018

रौतहट, ७ कार्तिक । राजदेवी नगरपालिकाको दोस्रो नगर परिषद् शान्तिपूर्ण वातावरणमा मंगलबार सम्पन्न भएको छ ।

ट्रेन्डिङ