अन्तर्राष्ट्रियस्तरमा एनआईसी एसियाको ‘इन्ड टू इन्ड सोलुसन’

अर्थ/वाणिज्य

1/23/2020

काठमाडौं, ९ माघ । एनआईसी एसियाले अन्तर्राष्ट्रियस्तरमा इन्ड टू इन्ड सोलुसन ल्याएको छ ।

 

एनआईसी एसिया बैंकले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी रोक्न थप कदम चालेको छ । बैंकले यो कार्य प्रभावकारी बनाउन भारतको इन्फ्रासफ्ट टेक्नोलोजी तथा नेपालको एम्निल टेक्नोलोजीसँग ‘इन्ड टू इन्ड सोलुसन’ नामको प्रणाली खरिद गरेको हो ।

एनआईसी एसिया बैंक तथा नेपाल–भारतका दुई कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजीका तर्फबाट कम्पनीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा तथा एम्निल टेक्नोलोजीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरे ।

सो सम्झौताअनुसार इन्फ्रासफ्ट टेक्नोलोजी र एम्निल टेक्नोलोजीले बैंकलाई अन्तर्राष्ट्रियस्तरको इन्ड टू इन्ड एएमएल सोलुसन उपलब्ध गराउने र सो प्रणली कार्यान्वयनमा ल्याएपछि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकाय फाइनान्सिियल एक्सन टास्क फोर्स, एसियन प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ लगायतले तोकेको मापदण्ड प्रभावकारी रुपमा कार्यान्वयन हुने बैंकको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ