प्राइम बैंकका संस्थापक प्रमुृख कार्यकारी अधिकृत मानन्धरको निधन

अर्थ/वाणिज्य

काठमाडौं । प्राइम कमर्सियल बैंक लि.को संस्थापनादेखि लामो समयसम्म नेतृत्व गर्ने प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको ८३ वर्षको उमेरमा आइतबार दुःखद र अकल्पनीय देहावसान भएको छ ।

सन् १९६९ मा भूमि सुधार तथा वचत निगमको शाखा प्रमुखको रुपमा सेवा प्रवेश गर्नु भएका निज मानन्धरले राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंक लि.को प्रथम श्रेणीको विभागीय प्रमुख र पछि नायब महाप्रबन्धक, धानचामल निर्यात कम्पनीको महाप्रबन्धक, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय बाणिज्य बैंकको कार्यकारी सञ्चालक, लुम्बिनी बैंक लि.को प्रमुख कार्यकारी अधिकृत विश्व बैंकको जलविद्युत विकास कोष र नेपाल बङ्गलादेश बैंक लि हुँदै अन्तमा प्राइम कमर्सियल बैंक लि.को प्रमुख कार्यकारी अधिकृतबाट सेवा निवृत्त हुनु भएको थियो ।

नेपालको आर्थिक तथा बैंकिङ्ग इतिहासमा वहाँ जत्तीको दीर्घ सेवाकासाथ यति महत्वपूर्ण भूमिकाका निर्वाह गर्नु हुने व्यक्तित्व विरलै हुनु हुन्छ । वहाँको देहावसानबाट नेपालको आर्थिक जगतले एक नक्षत्र गुमाई अपूरणीय क्षति व्यहोर्नु परेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी वहाँको आत्माको मोक्षकासाथ चीर शान्तिको कामना गर्दछौंं । यस दुःखद परिस्थितिमा वहाँको आफन्त परिवारजन तथा यस प्राइम कमर्सियल बैंक लि. परिवारलाई परमेश्वरले धैर्यधारण गर्न शक्ति प्रदान गरुन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ