आइएमई जेटीआई टेनिस टुर्नामेन्ट शुरु

अर्थ/वाणिज्य

4/16/2019

काठमाडौं, २ बैशाख । आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ ।

आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गत वर्षदेखि हुँदै आएको प्रतियोगितामा यस पटक पोखरा बुटवल लगायत देशका अन्य स्थानबाट १ सय ११ जनाप्रतिस्पर्धीहरू सहभागी हुनेछन् ।

कूल ३२६,०००/–(अक्षेरुपी तीन लाख छब्बिस हजार) पुरस्कार राशिको उक्त एकल प्रतियोगिताको उद्घाटन आइएमई फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, काठमाडौं टेनिस संघका उपाध्यक्ष गोपाल दास मानन्धर, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र टेनिस संघका पूर्वअध्यक्ष हेम लामाले संयुक्त रुपमा सोमबार दशरथ रङ्गशालामा गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ