काठमाडौं, २३ फागुन । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालन समितिमा दिपक शर्मा पोखरेललाई नियुक्त गरिएको छ ।
संस्थापक शेयरधनीहरु मध्ये श्री एक्रशमनी ट्रान्सफर प्रा. लि रहेकोमा उक्त कम्पनीको तर्फबाट प्रतिनिधित्व इश्वर कुमार कार्कीले गरीरहेकोमा उनको राजिनामा पश्चात सञ्चालकको पद रिक्त रहेको थियो ।
उक्त सञ्चालक पदमा कम्पनीका तर्फबाट प्रतिनिधित्व गर्नका लागि पोख्रेललाई चयन गरी यस कम्पनीको सञ्चालक समितिमा नियुक्त गर्नका लागि अनुरोध गरिएको थियो ।
सो सम्बन्धमा यस कम्पनीको सञ्चालक समितिको बैंठकले शर्मालाई विधिवत सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेको छ ।
नवनियुक्त सञ्चालक समितिका सदस्य दिपकशर्मा पोख्रेललाई स्वागत गरी इश्वर कुमार कार्कीलाई बिदाई गरिएको छ ।
तपाईको प्रतिक्रिया