काठमाडौं, २ माघ । आइसिएफसी फाइनान्स लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त फाइनान्सले १५% लाभांश दिने भएको छ ।
सभाले आर्थिक वर्ष ०७६÷७७ को मुनाफाबाट चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस सेयर तथा ४.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको कम्पनीले जनाएको छ । सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा तीन जनालाई चयन गरेको विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया