काठमाडौं, ५ माघ । एनसेल अजियाटा लिमिटेडले सानादेखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यालयहरुलाई आवश्यकताअनुसारको सम्पूर्ण सेवा प्रवाह गर्ने ‘बिजप्लस’ प्लानहरु सञ्चालनमा ल्याएको छ । अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यालयहरुले उनीहरुकै लागि विशेषरुपमा तयार पारिएको कम्पनीले जनाएको छ ।
कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योग धन्दा, कलकारखाना र व्यवसायले विभिन्न चुनौतीहरुको सामना गर्नु परिरहेको छ । यसै अवस्थाबीच एनसेलले हाल संचालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफ अभियान अन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्दछ ।
भ्वाइस, डेटा, एसएमएसका साथै उपयोगी डिजिटल सेवाहरु समावेश गरिएका यी प्लानहरुले उद्यमी, व्यवसायीहरुलाई नव सामान्यीकरण आत्मसाथ गर्दै छिटो अगाडि बढ्न र उनीहरुको लक्ष्य प्राप्तिका लागि योगदान गर्दछ ।
नयाँ बिजप्लस प्लानहरु साना तथा मझौला व्यवसाय, ठूला उद्योग र सरकारी कार्यालयहरुलाई लक्षित गरि ल्याइएको छ । साना तथा मझौला उद्योग र सरकारी कार्यालय तथा निकायहरुले ३० दिनका लागि कर बाहेक रु. १४९ बाट सुरु हुने बिजप्लस प्लान लिन सक्छन् भने ठूला उद्योग तथा कर्पोरेटले मासिक कर बाहेक रु. २९९ बाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्छन् ।
साना तथा मझौला उद्योगीले आफ्नो आवश्यकताअनुसार ३० दिनको रु १४९ वा रु १९९ शुल्क लाग्ने प्लानहरु सुचारु गर्न सक्नेछन् । कर्पोरेट ग्राहकले रु. २९९ देखि रु. १,४९९ सम्मका ६ वटा बिजप्लान मध्य कुनै पनि प्लान सुचारु गर्न सक्छन् । त्यस्तै सरकारी कार्यलयका ग्राहकले रु. १४९ देखि रु ४९९ सम्मका ४ वटा प्लानहरु मध्य आफ्नो आवश्यकता अनुसार कुनै पनि प्लान सुचारु गर्न सक्छन् । बिजप्लान अन्तर्गत मासिक शुल्क प्लानमा रहेको सेवा तथा सुविधाको आधारमा रहेका छन् ।
तपाईको प्रतिक्रिया