काठमाडौं, ९ मंसिर । एनआईसी एसिया बैंकले आफ्नो क्रेडिट कार्ड प्रयोगकर्तालाई इन्स्टा बाइ योजना सञ्चालनमा ल्याएको छ । उक्त बैंकले क्रेडिट कार्डमार्फत देशभरीका जुनसुकै पस मर्चेन्टहरुमा कार्ड स्वाइप गरी भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने इन्स्टा बाइ योजना सञ्चालनमा ल्याएको हो ।
बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्तालाई एकै पटकमा खरिद सामग्री तथा सेवा हरुको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने सुविधा ल्याएको हो ।
यस योजनामार्फत ग्राहकहरुले इच्छाएको सामग्री तत्काल प्राप्त गरी खरिद रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।
क्रेडिट कार्ड प्रयोगकर्ताहरुले खरिद गर्नुहुने इलेक्ट्रोनिक्स, घरायसी सामग्री, फर्निचर, टुर प्याकेज, सुन तथा हिराका गरगहना लगायतका सामग्री तथा सेवाहरुको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्नसक्ने व्यवस्था मिलाइएको छ । ग्राहक महानुभावहरुले क्रेडिट कार्डमार्फत सामग्री खरिद गरेपश्चात् आफूलाई नजिक पर्ने बैंकको शाखा पुगेर किस्ताबन्दीको लागि आवेदन दिनसक्ने बैंकले जानकारी दिएको छ ।
कोरोना भाइरसको जोखिम कायम रहेकै बेला नगद कारोबारको सट्टा डिजिटल कारोबार गर्नु वान्छनीय रहेको र यस विषम परिस्थितिमा आवश्यक सेवा तथा सामग्रीहर खरिद गर्न सहज गराउनुपर्ने आफ्नो उत्तरदायित्व महसुस गर्दै बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सहज एवं सुरक्षित सेवा प्रदान गर्ने विश्वासका साथ उक्त योजना सञ्चालनमा ल्याएको जनाएको छ । उक्त योजनाबाट एकातिर क्रेडिट कार्ड प्रयोगकर्ताहरुले चाहेको सामग्री तथा सेवा तत्काल भुक्तानी प्राप्त गरी भरपुर फाइदा उठाउन सहज पुग्ने बैंकले विश्वास लिएको छ ।
उक्त योजना अनुसार सो सुविधा प्राप्त गर्न चाहने नयाँ ग्राहकवर्गहरुले क्रेडिट कार्डको निमित्त आवेदन दिन बैंकको कुनै पनि शाखा कार्यालय वा बैंकको वेबसाइटमार्फत जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन आवेदन दिन सक्नेछन् ।
तपाईको प्रतिक्रिया