काठमाडौंं, ६ असार । एनसेल प्राईभेट लिमिटेडले ‘कल आयो पैसा पायो’ योजनाका विजेताग्राहकहरुको घोषणा गरेको छ ।
यस योजनाअन्तर्गत पहिलो चार हप्ताका १० जनाग्राहकहरुलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेको छ ।
बैशाख १६ देखि संचालनमा रहेको यो योजना श्रावण १३, २०७६ सम्म संचालनमा रहनेछ । एनसेलले आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत संचालनमा ल्याएको यस योजनाअन्तर्गत ग्राहकले विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढी कुरा गर्दा प्रत्येक मिनेट रु २ बोनस स्वरुप १० मिनेटसम्म पाउँछन् । यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु १८ सम्म बोनस प्राप्त गर्दछन् ।
बोनसका साथै, अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्छन् ।
यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १÷१ थान स्मार्टफोन पाउँछन् । एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमनकलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट गरिन्छ ।
यो योजना सुरु भएको चार हप्तामा सम्ममा ४० जना ग्राहकहरु स्मार्टफोन पाउनका लागि छनोट भइसकेका छन् । जसमा १० ग्राहकको पहिचान प्रमाणित भई उपहार प्राप्त पनि गरि सकेका छन् भने अन्य ३० ग्राहकको पहिचान प्रमाणित भई सकेको छ ।
“मेरो श्रीमान जेष्ठ २० गते दुबईबाट फर्कनु भएको छ । उहाँले नै मलाई उताबाट कल गर्नुहुन्थ्यो । कल आयो पैसा पायो योजनामा स्मार्टफोन जित्न पाएकोमा मलाई धेरै धेरै खुसी लागेको छ ।’’ झापा बिर्तामोडका राधिका रम्तेलले भनिन् । हालै मात्र उनले एनसेलको मुख्य कार्यलयमा आयोजित एक कार्यक्रममा आफुले जितेको स्मार्टफोन ग्रहण गरेकी थिइन् ।
‘‘मैले यो कल आयो पैसा पायो योजना सुचारु गरेको थिए । आफु एकदमै भाग्यमानी भएको अनुभव भई रहेको छ । एनसेलले ग्राहकलाई धेरै नै सेवा सुविधाहरु दिइ रहेकोछ ।” आफ्नो खुसी व्यक्त गर्दै स्मार्टफोन विजेता मध्यकी एक इलामकी मञ्जना देवानले भनिन् ।
एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समयअनुसार यो योजनाअन्तर्गतको विजेताहरुको छनोट गरिन्छ । प्रमाणिकरण भइसकेका विजयी ग्राहकलाई एनसेलको मुख्य कार्यालयबाट तथा देशभरीका एनसेल सेन्टरबाट स्मार्टफोन हस्तान्तरण गरिदै आएको छ ।
यो योजनाअन्तर्गत प्राप्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् ।
यो योजनाले ग्राहकलाई विदेशमा रहेका साथीभाई तथा परिवारका सदस्यसँग सम्पर्कमा रहँदै, एनसेलको नेटवर्कमा रहेका अन्य आफन्तजन तथा साथीभाईसँग थप सम्पर्कमा रहन मद्दत पुर्याउदछ । ग्राहकवर्ग माझ निकै नै लोकप्रिय रहेको तथा धेरै नै राम्रो प्रतिक्रिया पाएको यस योजनाले एनसेल ग्राहकलाई थप मूल्य प्रदान गर्ने विश्वास एनसेलको छ ।
तपाईको प्रतिक्रिया