एनसेलद्वारा ‘अल्ट्रा वाइफाई सिम प्लस’ सेवा सुरु

अर्थ/वाणिज्य

8/15/2020

काठमाडौं, ३२ साउन । एनसेल अजियाटा लिमिटेडले चौथो पुस्ताको मोबाइल सेवा फोरजी– लंग टर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुने गरी ‘अल्ट्रा वाइफाई सिम प्लस’ सेवा ल्याएको छ ।

अल्ट्रा वाइफाई सिम प्लस उपभोक्ताका लागि मासिक ४० जिबी डेटा भोलुम बन्डलसहितको एक विशेष सिम कार्ड भएको कम्पनीले जनाएको छ । वाइफाई सेवाका लागि बन्डल डेटाबाहेक ग्राहकले यो सेवाअन्तर्गत दुई वटा सिम पाउँछन् । जसमा प्रत्येक महिना डेटा, अन नेट टक टाइम र डिजिटल कन्टेनहरु बन्डल सेवाका रूपमा पाइने एनसेलले जनाएको छ ।

आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत कम्पनीले वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई सम्बोधन गर्न देशैभर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्ताकालाई लक्षित गर्दै यो सेवा ल्याएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ