काठमाडौ, २ असार । एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ, जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मज्जा लिन सक्नेछन् ।
यो योजनाअन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसीमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्नेछन् ।
यो अफर जेठ ३० गते बिहीबारदेखि लागू भएको छ । देशको एक हजारभन्दा बढी स्थानमा फोरजी सेवा विस्तार गरिएको घोषणा गरेको दुई साताभित्रै एनसेलले अझ सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्दै फोरजी डेटा बोनसको योजना ल्याएको हो ।
यो योजनाअन्तर्गत सात दिन समयसीमा भएको ५०० एमबी डेटा र तीस दिन समयसीमा भएको ३ जिबी डेटाको खरिदमा ग्राहकले त्यति नै भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । जस्तै यदि ग्राहकले तीस दिन समयसीमा भएको ३ जिबी डेटा कर सहितरु ४५३.३० मा खरिद गरेमा बोनस स्वरुप थप ३ जिबी फोरजी डेटा पाउनेछन् । यो अफरमा ग्राहकले ३ जिबी डेटाकै शुल्कमा ६ जिबी डेटाको मज्जा लिन सक्नेछन् ।
त्यसैगरी, एनसेलका ग्राहकले सात दिन समयसीमा भएको ५०० एमबी प्याकको खरिदमा ५०० एमबी नै फोरजी डेटा बोनस बापत प्राप्त गर्न सक्नेछन् ।
एनसेलका ग्राहकले ५०० एमबी प्याक करसहित रु ९५ं.७७ मा सुचारु गर्न सक्छन् । यो अफरसँगै ग्राहकले ५०० एमबी डेटाको शुल्कमा १००० एमबी डेटाको फाइदा लिन सक्नेछन् ।
यस योजनाअन्तर्गत बोनसको लाभ लिनका लागि ग्राहकसँग फोरजी सपोर्ट गर्ने ह्याण्डसेट, यु सिम र फोरजी नेटवर्कमा पहँुच हुनुपर्छ । सात दिन वा तीस दिन समयसीमा भएको डेटा भोलुम टुजी, थ्रिजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डेटा फोरजी नेटवर्कमा मात्र चलाउन सकिनेछ ।
एनसेलले आफ्नो फोरजी सेवा देशका १,००० भन्दा बढी स्थानहरुमा विस्तार गरिसकेको छ ।
एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नो आवश्यकताअनुसारको सात दिन वा तीस दिनको गज्जबको डेटा प्याक सुचारु गर्न सक्नेछन् ।
ग्राहकले एसएमएसबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन् । सात दिनको प्याक सुचारु गर्न ७५ टाइप गरि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् भने ३५५ टाइप गरि १७१२३ माएसएमएस पठाइ तीस दिनको प्याक सुचारु गर्न सक्नेछन् ।
ग्राहकहरुलाई नेपालकै सबैभन्दा ठूलो फोरजी नेटवर्कको पहँुचबाट लाभ प्रदान गर्न यो बोनस योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।
एनसेलको फोरजी नेटवर्कले सरकारको डिजिटल नेपाल फ्रेमवर्क र ब्रोडव्याण्ड पूर्वाधार तथा उच्च गतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडव्याण्ड नीतिको कार्यान्वयनमा योगदान गर्नेछ ।
तपाईको प्रतिक्रिया