एभरेष्ट बैंकले कमायो दुई अर्ब ४५ करोड

अर्थ/वाणिज्य

9/9/2020

काठमाडौं, २४ भाद्र । एभरेष्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा दुई अर्ब ४१ करोड खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा तीन अर्ब ५ करोड रहेको थियो ।

हाल चुक्ता पुँजी आठ अर्ब ५१ करोड दुई लाख ७ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा एक खर्ब ४३ अर्ब ५४ करोड निक्षेप संकलन गरी एक खर्ब १२ अर्ब १९ करोड पाँच अर्ब ३१ करोड खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर तीन दशमलव ५१ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ६७ करोड ३१ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

बैंकले अघिल्लो आवको सोही अवधिमा भने एक खर्ब २९ अर्ब ५६ करोड ८१ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब ६४ करोड ४२ लाख एक हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा पाँच अर्ब ६९ करोड ८५ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव २९ प्रतिशत रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ