एभरेष्ट बैंक र पञ्जाब नेशनल बैंकबीच सम्झौता

अर्थ/वाणिज्य

1/20/2019

काठमाडौं, ६ माघ । एभरेष्ट बैंकले भारतीय गोरखा सैनिकमा आवद्घ स्थायी नेपालीलाई सुविधा प्रदान गर्न भारतको पञ्जाब नेशनल बैंकसँग एमओयूमा हस्ताक्षर गरेको छ ।

पञ्जाव नेशनल बैंकको मुख्य कार्यालय नयाँ दिल्लीमा एक कार्यक्रमको आयोजना गरेर बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ र पञ्जाव नेशनल बैंक–सरकारी बिजनेस डेभिजनका महाप्रबन्धक समिर बाजपाईबीच हस्ताक्षर भयो ।

नेपाल र भारतमा बैंकिङ सेवाका लागि भारतीय गोरखा सैनिकहरुले एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको जुनसुकै शाखाबाट जुडुवा खाता खोल्न सक्नेछन् ।

त्यस्तै उनीहरुले रक्षक प्लस खाताबाट निशुल्क रेमिटेन्स सुविधा, एभरेष्ट बैंक र पञ्जाव नेशनल बैंकको सह–ब्राण्डेड डेबिट खाता जस्ता सुविधाहरु प्राप्त गर्न सक्नेछन् । भारतीय गोरखा सैनिकका स्थायी नेपालीलाई रक्षक प्लस खाताबाट कर्जाको सुविधा समेत रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ