काठमाडौं, ३२ साउन । नबिल बैंक लिमिटेटले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको छ ।
उक्त बैंकका प्रमुख कार्यकारी अनिलकेशरी शाहले सो रकमको चेक अर्थमन्त्री युवराज खथिवडालाई आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका संयोजक श्री निर्वाण चौधरीको पनि उपस्थिति रहेको थियो ।
त्यस समारोहमा शाहले भने, ‘नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावविरुद्द लड्न नेपाल सरकारको प्रयासमा योगदान पर्याउन पाउनु ठूलो सम्मान हो । “बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम हो” ।
तपाईको प्रतिक्रिया