ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर

अर्थ/वाणिज्य

7/7/2021

काठमाडौं, २१ असार । ग्लोबल आइएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिकाबीच कृषिअनुदानकर्जामा सानाकिसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंककोनौकुण्ड शाखाकाप्रबन्धकरमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नौकुण्ड गाउँपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई गाउँपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने गाउँपालिकाले साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४२ एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढि ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ