ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड महिन्द्रा एक्सयूभी ३०० लाई

अर्थ/वाणिज्य

2/18/2020

काठमाडौं, ७ फागुन । महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ ।

यो अवार्ड भारतमा बिक्री हुने कारहरूमध्ये उच्चतम स्तरको सुरक्षा प्रदर्शन गरेका सवारी साधन निर्माताहरूलाई मात्र प्रदान गरिन्छ । महिन्द्रा एक्सयूभी ३०० ले यहि जनवरीमा मात्र बयस्कहरूमा फाइभ स्टार सुरक्षा रेटिङ र बालबालिकाहरूको सुरक्षाका लागि फोर स्टार रेटिङ पाउन सफल भएको थियो, जुन यो अभियानअन्तर्गतको उच्चतम स्कोर हो ।

अब महिन्द्रा एक्सयूभी ३०० ले ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ । यो ग्लोबल एनसीएपीद्वारा गरिएको हालसम्म सञ्चालित भारतका सुरक्षित कार अभियान अन्तर्गत परीक्षण गरिएका कुनै पनि कारहरूमध्ये सवारी साधनमा रहनेहरू सबैका लागि एकीकृत रुपमा पाएको सर्वाधिक सुरक्षा रेटिङ रहेको कम्पनीले उल्लेख गरेकोछ । ग्लोबल एनसीएपीले सन् २०१८ मा सम्पन्न भएको दिल्ली अटो एक्स्पोका क्रममा ‘सेफर च्वाइस’ अवार्डको स्पष्र्धा सुरु गरेको थियो ।

ग्लोबल एनसीएपीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डेभिड वार्डले यो महिन्द्रा र भारतीय अटो उद्योगका लागि ऐतिहासिक क्षण भएको बताए । ‘सेफर च्वाइस’ अवार्ड च्यालेन्ज स्थापना गरेपछि एक भारतीय सवारी साधन निर्माताले यस ढंगबाट सुरक्षाका नेतृत्व लिइरहेको देख्दा उच्चतम सन्तुष्टि मिलेको उनले बताए ।

यो एक्सयूभी ३०० पेट्रोल र डिजिटल दुवै विकल्पमा उपलब्ध छ । एक्सयूभी ३०० को मूल्य पेट्रोल डब्लुफोर मोडलको मूल्य ३९ लाख ७५ हजार र डिलेज डब्लुफोर मोडलको मूल्य ४१ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ