जनता बैंक कैलालीको बलियामा

अर्थ/वाणिज्य

4/19/2019

कैलाली, ५ बैशाख । जनता बैंक नेपालको लम्की चुहान नगरपालीका ४ बलिया शाखाबाट कारोबार सुरू भएको छ ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहाराले शाखाको उद्घाटन गरेका थिए ।

बैंकका सञ्चालक रामबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री, लम्कीचुहा नगरपालिकाकी उपप्रमुख टीका थापा, लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष पदम चौलागाईले सम्बोधन गरे ।

शाखासँगै एटीएम समेतबाट एकै साथ कारोबार सुरू भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ